सिदार्थ गौतम बुद्ध क्याम्पस ३४ औ वर्षमा

प्रकाशित मिति:

बुटवल, २३ चैत । सिदार्थ  गौतम बुद्घ क्याम्पसको ३४ औ वार्षिकोत्सव विविध कार्यक्रम गरि मनाईएको छ । क्याम्पसको सप्ताहब्यापी कार्यक्रम अन्तरगत भएका खेलकुद प्रतियोगिताका विजेता, उत्कृष्ट विद्यार्थी, शिक्षक सम्मान तथा शुभकामना आदानप्रदान गरि सोमबार वार्षिकोत्सव सम्पन्न भएको हो ।कार्यक्रमको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्दै तत्कालिन समयमा क्याम्पसको महसुस गरि शैक्षिक ब्यक्तित्वहरुको अगुवाईमा खोलिएको स्मरण गरे । जग्गाप्राप्तिदेखि भवन स्थापनासम्मको ईतिहास सुनाउदै समुदायस्तरमा संचालन भएको कलेज भएको बताए । शिक्षासंग संस्कार, खेलकुद, भौगोलिक पहिचान, ब्यहारिक शिक्षाको विषय उठान भैरहेको बेला यसप्रकारको लगानी स्थानिय सरकारबाट भएको उनले बताए । देशभरिमै सबैभन्दा धेरै २७ प्रतिशत बजेट बिनियोजन भएको उनले बताए । कक्षा १२ सम्म विधालयको जिम्मेवारी स्थानिय पालिकामा भएअनुसार नै लगानी र विकास गरिरहेको उनले बताए । बजेटकै कारण शैक्षिक संस्थालाई समस्या नपर्ने उनले दाबी गरे ।

कार्यक्रममा क्याम्पस प्रमुख गोपाल चापागाईले समुदायको सहकार्यमा गुणस्तरीय शिक्षालाई जोड दिएर सामुदायिक क्याम्पसमध्ये उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताए । यसैबिच वार्षिकोत्सवको अवसरमा अवकास प्राप्त प्राध्यापक रमेशचन्द्र पाण्डे र कर्मचारी सत्यनारायण चौधरीलाई दोसल्ला र कदरपत्रबाट सम्मान गरिएको थियो । कार्यक्रममा क्याम्पसको वार्षिक परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विधार्थीहरुलाई समेत सम्मानपत्रबाट सम्मान गरिएको थियो। यसैगरि विधार्थीहरुले सास्कृतिक नृत्य समेत प्रस्तुत गरेका थिए ।कार्यक्रममा वडा नं ५ का वडाअध्यक्ष हरिप्रसाद श्रेष्ठले शिक्षासंगै खेलकुद गतिविधिमा क्याम्पसको अग्रसरता उदाहरणिय रहेको भन्दै क्याम्पसको श्रीवृघ्दिका लागि सधै अग्रसर रहने बताए । कार्यक्रममा क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष निर्मल लाकौल, सहायक क्याम्पस प्रमुख कृष्ण प्रसाद खनाल, रामनाथ उपाध्याय,पब्लिक प्राध्यापक संघका श्रीवास्तव नेपालले समयको माग अनुसार नै शिक्षा दिन क्याम्पस सफल रहेको बताए ।
क्याम्पसमा यो वर्ष ७३५ जना नया भर्ना भएको छन भने कुल १९३५ जना विधार्थीहरु अध्ययरत छन । क्याम्पसमा ब्यवस्थापन, शिक्षा विषयमा कक्षा ११,१२ देखि ब्याचलर र मास्टरसम्म अध्ययापन हुदै आएको छ ।