अक्सफोर्ड माध्यमिक विद्यालयमा नमुना संसद कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

बुटवल। अक्सफोर्ड माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूको सक्रिय सहभागितामा आयोजित ‘अक्सफोर्ड नमुना संसद कार्यक्रम’ सफलतापूर्वक सम्पन्न भएको छ।विद्यालयका प्राचार्य दिनेश भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक ज्ञवाली प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त भण्डारी, सञ्चालक समिति सदस्य ललित खरेल, अक्सफोर्ड कलेजका अध्यक्ष अजित खनाल, प्राध्यापक सुमन भुसाल, विभिन्न तहका इन्चार्ज, शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा विद्यार्थीहरूले नेपालको संघीय संसदको कार्यप्रक्रियालाई जीवन्त रूपमा प्रस्तुत गर्दै सभामुख, प्रधानमन्त्री, मन्त्री, सांसद तथा प्रतिपक्षी सांसदको भूमिका निर्वाह गरेका थिए। समसामयिक राष्ट्रिय विषयमा गरिएको तर्कपूर्ण बहस, प्रश्नोत्तर तथा नीति–विचार प्रस्तुतिमार्फत उनीहरूले नेतृत्व क्षमता, विश्लेषणात्मक सोच, वक्तृत्वकला र लोकतान्त्रिक संस्कारको प्रभावशाली प्रदर्शन गरेका थिए। प्रमुख अतिथि दीपक ज्ञवालीले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा लोकतान्त्रिक मूल्य–मान्यता, उत्तरदायित्वबोध, सार्वजनिक बोल्ने कला तथा नेतृत्व विकासका लागि व्यवहारिक अनुभव प्रदान गर्ने बताउनुभयो। उहाँले विद्यार्थीहरूको संसदीय अभ्यासको प्रशंसा गर्दै भविष्यमा यस्ता कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै लैजान सुझाव दिनुभयो।अध्यक्षीय मन्तव्यमा प्राचार्य दिनेश भुसालले विद्यालयले विद्यार्थीहरूलाई शैक्षिक ज्ञानसँगै नेतृत्व, निर्णय क्षमता, आत्मविश्वास, सञ्चार सीप तथा सामाजिक उत्तरदायित्व विकास गर्ने उद्देश्यले यस्ता सिर्जनात्मक तथा व्यवहारिक कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो। उहाँले नमुना संसद कार्यक्रमले विद्यार्थीहरूलाई भविष्यका सक्षम, जिम्मेवार र लोकतान्त्रिक मूल्यप्रति प्रतिबद्ध नागरिक बन्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा कक्षा ९ का विद्यार्थीहरू अवलोकनकर्ताका रूपमा सहभागी भएका थिए। उनीहरूले संसदीय प्रक्रिया, बहसको शैली, नेतृत्व विकास तथा लोकतान्त्रिक अभ्यासबारे व्यवहारिक ज्ञान हासिल गरेका थिए।अतिरिक्त क्रियाकलाप प्रमुख कपिल ढकालले सञ्चालन गर्नुभएको कार्यक्रमको संयोजन सिद्धार्थ कँडेलले गर्नुभएको थियो। उहाँहरूको समन्वय तथा शिक्षक–शिक्षिकाहरूको सक्रिय सहयोगले कार्यक्रमलाई व्यवस्थित, प्रभावकारी र उपलब्धिमूलक बनाउन महत्वपूर्ण भूमिका खेलेको विद्यालयले जनाएको छ।विद्यालयका अनुसार विद्यार्थीहरूको उत्साहजनक सहभागिता, अनुशासित प्रस्तुति र प्रभावकारी संसदीय अभ्यासका कारण कार्यक्रम प्रेरणादायी र स्मरणीय बनेको छ। विद्यालयले कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने अतिथिवर्ग, व्यवस्थापन समिति, शिक्षक–शिक्षिका, कर्मचारी, विद्यार्थी तथा सम्पूर्ण सहयोगीप्रति धन्यवादसमेत ज्ञापन गरेको छ।अध्यक्षीय मन्तव्यमा प्राचार्य दिनेश भुसालले विद्यालयले विद्यार्थीहरूलाई शैक्षिक ज्ञानसँगै नेतृत्व, निर्णय क्षमता, आत्मविश्वास, सञ्चार सीप तथा सामाजिक उत्तरदायित्व विकास गर्ने उद्देश्यले यस्ता सिर्जनात्मक तथा व्यवहारिक कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो। उहाँले नमुना संसद कार्यक्रमले विद्यार्थीहरूलाई भविष्यका सक्षम, जिम्मेवार र लोकतान्त्रिक मूल्यप्रति प्रतिबद्ध नागरिक बन्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो।कार्यक्रममा कक्षा ९ का विद्यार्थीहरू अवलोकनकर्ताका रूपमा सहभागी भएका थिए। उनीहरूले संसदीय प्रक्रिया, बहसको शैली, नेतृत्व विकास तथा लोकतान्त्रिक अभ्यासबारे व्यवहारिक ज्ञान हासिल गरेका थिए।अतिरिक्त क्रियाकलाप प्रमुख कपिल ढकालले सञ्चालन गर्नुभएको कार्यक्रमको संयोजन सिद्धार्थ कँडेलले गर्नुभएको थियो। उहाँहरूको समन्वय तथा शिक्षक–शिक्षिकाहरूको सक्रिय सहयोगले कार्यक्रमलाई व्यवस्थित, प्रभावकारी र उपलब्धिमूलक बनाउन महत्वपूर्ण भूमिका खेलेको विद्यालयले जनाएको छ।विद्यालयका अनुसार विद्यार्थीहरूको उत्साहजनक सहभागिता, अनुशासित प्रस्तुति र प्रभावकारी संसदीय अभ्यासका कारण कार्यक्रम प्रेरणादायी र स्मरणीय बनेको छ। विद्यालयले कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने अतिथिवर्ग, व्यवस्थापन समिति, शिक्षक–शिक्षिका, कर्मचारी, विद्यार्थी तथा सम्पूर्ण सहयोगीप्रति धन्यवादसमेत ज्ञापन गरेको छ।

थप समाचार