“उत्कृष्ट शिक्षा, उज्ज्वल भविष्य—यही हाम्रो अभियान” – क्याम्पस प्रमुख चापागाईं
बुटवल । रुपन्देहीको बुटवल–५ मा रहेको सिद्धार्थ गौतम बुद्ध क्याम्पस (एसजीबीसी) ले शैक्षिक सत्र २०८३/८४ का लागि कक्षा ११ तथा स्नातक तहमा भर्ना खुला गरेको छ। गुणस्तरीय शिक्षा, अनुशासित वातावरण र व्यवहारिक शिक्षणमार्फत विद्यार्थीको उज्ज्वल भविष्य निर्माण गर्ने लक्ष्यका साथ क्याम्पसले नयाँ शैक्षिक सत्रका लागि भर्ना प्रक्रिया सुरु गरेको हो।क्याम्पसले कक्षा ११ अन्तर्गत व्यवस्थापन, कम्प्युटर विज्ञान, कानुन, होटल व्यवस्थापन र शिक्षा विषयमा भर्ना खुलाएको छ। त्यस्तै स्नातक तहमा बीबीएस (BBS) र बी.एड. (B.Ed.) कार्यक्रम सञ्चालन हुनेछन्।
क्याम्पस प्रमुख गोपाल चापागाईंले सिद्धार्थ गौतम बुद्ध क्याम्पस विद्यार्थीको क्षमता, सीप र व्यक्तित्व विकासमा केन्द्रित शैक्षिक संस्था भएको बताए। उनले भने, “हामी केवल प्रमाणपत्र दिने होइन, सक्षम, अनुशासित र जिम्मेवार नागरिक तयार गर्ने अभियानमा छौं। अनुभवी शिक्षक, आधुनिक शिक्षण पद्धति र विद्यार्थीमैत्री वातावरणका कारण हाम्रो क्याम्पस अभिभावक र विद्यार्थीको पहिलो रोजाइ बन्दै गएको छ।”चापागाईंले सीमित सिट भएकाले समयमै भर्ना प्रक्रिया पूरा गर्न विद्यार्थी तथा अभिभावकलाई आग्रह गर्दै आजको सही शैक्षिक निर्णयले भोलिको सफल भविष्य सुनिश्चित गर्ने विश्वास व्यक्त गरे।क्याम्पसले अनुभवी तथा दक्ष शिक्षक, आधुनिक शिक्षण प्रणाली, अनुशासित शैक्षिक वातावरण, उत्कृष्ट नतिजाको निरन्तरता तथा अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीको नेतृत्व क्षमता र व्यक्तित्व विकासमा विशेष जोड दिँदै आएको जनाएको छ।भर्नासम्बन्धी थप जानकारीका लागि इच्छुक विद्यार्थी तथा अभिभावकले बुटवल–५, रुपन्देहीस्थित क्याम्पसमा सम्पर्क गर्न सक्नेछन्।









