पत्रकार न्यौपानेको पांचौ पुस्तक स्कूल बेच्ने बालक सार्वजनिक

प्रकाशित मिति:

पत्रकार दामोदर न्यौपानेको स्कुल बेच्ने बालक सार्वजनिक भएको छ । प्रारम्भिक बाल्यकालका बालबालिकाको मनोविज्ञानलाई अध्ययन गरेर लेखिएको पुस्तक सडक बेच्ने बालक आख्यान हो ।

आफ्नै छोरो हार्दिकलाई मुख्य पात्रको रुपमा प्रस्तुत गरेका लेखक न्यौपानेले ६ वर्ष मुनिका बालबालिकामा धेरै समस्या हुने कुरा आफ्नै अनुभव भएको बताएका छन् । प्रारम्भिक बच्चाको अध्ययन गर्न आफ्नै छोरो विश्वविद्यालय भएको बताएका उनले बालबालिकालाई सुन्ने, बुझ्ने, र महसुस गर्नुपर्छ भन्नेमा लागि परेको हुनाले साहित्य सिर्जना भन्दा पनि बालबालिकाको क्षेत्रमा अभियान चलाएको न्यौपानेको भनाई छ ।

भगवान कृष्णले आफ्नो बाल्यकालमा गरेको बदमासी लीला भएको मान्ने हाम्रो समाजले हाम्रो बालबालीकाले गरेको बदमासीलाई झमेला मान्नुहुन्न भन्ने कुरालालाई पुस्तकमा प्रस्ट पारिएको छ ।

यसै बिच शिक्षा विद् अन्जु भट्टराईले राम्रो लाउँने , मिठो, खाने र राम्रो स्कुलमा पढाउनु मात्र पुर्ण नभएको बताउँदै बालबालिकालाई सम्मान नगरे अझै समाज परिवर्तन नहुने जिकिर गरेकी छिन् ।

प्रा। डा। विनय कसजुले हाम्रो समाजमा बालबालिबकाको जिम्मा कसैले नलिएको र बालबालिका सम्बन्धि पुस्तक समेत १० प्रतिशत सम्म पनि प्रकाशन नभएकोमा दुख ब्यक्त गदै ,बालबालिकाको क्षेत्रमा राज्यको ध्यान जान आबश्यक रहेको बताएका छन् ।

बालबालिका अपार संभावनाको खानी भएको कारण उनीहरुको कुरा सुन्ने , अपार संभावना प्रस्फुटन गराउँने चुनौतीहरु हरेक अभिभावक र शिक्षक समेतलाई भएको तथ्य पुस्तकमा उतारिएको छ ।

शिखा बुकले प्रकाशन गरेको पुस्तकमा एउटा बालकको ईच्छा, चाहाना, आवेग, खुसी , दुख , सुख लगाएतका सबै बिषयलाई उठान गरिएको छ ।

पत्रकार न्यौपानेको यो पाचौ पुस्तक हो ।