काब्रेपोखरीले मनायो ६५ औं बार्षिकोत्सव

प्रकाशित मिति:

प्रविण गाहा /गुल्मी । काब्रेपोखरी माध्यमिक विद्यालय गुल्मीदरवार–२, जुभूङ्ग झिर्वास गुल्मीले ६५औं वार्षिकोत्सव मनाएको छ ।
वि.सं. २०११ मा स्थापना भएको विद्यालयले आज (आइतवार) विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाएको हो ।  वार्षिकोत्सवको अवसरमा विद्यालयले विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्ने वक्तृत्वकला, वादविवाद, हाजिरीजवाफ, नृत्य, खेलकुद लगायतका प्रतियोगिता गरेको हो ।  कार्यक्रममा वडा अध्यक्ष हरीहर गौतमले विद्यालयको शैक्षिक उन्नतीको लागि आफुले सक्दो सहयोग गर्ने प्रतिपद्धता व्यक्त गर्नुभयो । उहांले विद्यालयले विविध समस्याका वावजुद पनि उत्कृष्ट नतिजा प्रदान गरेकोमा प्रशंसा व्यक्त गर्नुभयो ।
विद्यालयका प्रधानाध्यापक श्रीराज खड्काले विद्यालयलाई नमुना बनाउन सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । गत वर्षको एसईइ नतिजाले समेत हौसला प्रदान गरेको उल्लेख गर्नुभयो ।

गत वर्षको एसईइमा विद्यालयका भुवन गौतमले ए प्लस ल्याई गुल्मीदरवार गाउपालिका प्रथम भएका थिए । त्यसैगरी आधारभुत तहमा सशांक खड्का गाउंपालिका द्वितीय भएका थिए ।  प्ले ग्रुप देखि १२ सम्म पढाई हुने विद्यालयमा तीन सय ३३ विद्यार्थी रहेका छन् । नर्सरी देखि कक्षा ६ सम्म अग्रेजी र ७ देखि १२ सम्म नेपाली माध्यममा पढाई हुदै आएको छ । कक्षा ११ र १२ मा शिक्षा र व्यवस्थापन संकायको अध्यापन हुने गरेको छ । कार्यक्रममा एक करोड ९२ लाख बरावरको आय÷व्यय प्रस्तुत गरिएको थियो । विद्यालयमा २५ जना शिक्षक÷कर्मचारी रहेका छन् । विद्यालयले हरेक शुक्रवार र शनिवार खेलकुद प्रशिक्षक अमर पल्लीबाट कराते तथा छात्राहरुको लागि आत्मसुरक्षा प्रशिक्षण हुदै आएको छ ।

विद्यालयका अध्यक्ष ज्ञान बहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य हेमन्त खड्का, विद्यालयका पुर्व प्रधानाध्यापक द्वय ज्ञान बहादुर खड्का, तेजेन्द्र खड्का, शिक्षक पुरन थापा, अभिभावक जित बहादुर खड्का लगाएतले विद्यालयले विविध समस्याका वावजुद उत्कृष्ट नतिजा ल्याउदै आएकोमा खुशी व्यक्त गर्नुभयो ।