कालः पचति भूतानि कालः संहरते प्रजाः । कालः सुप्तेषु जागर्ति कालो हि दुरतिक्रमः ।। – चाणक्य कालले सबै प्राणीलाई पचाउँछ । कालले नै सबै प्राणीको नाश गर्छ । सबै पदार्थ लय भएपछि काल जाग्दछ । काललाई कसैले नाघ्न सक्दैन । काल अर्थात् समयको महिमा अचम्मको छ । समयले नै यो जगत्को सृष्टि र विनाश पनि गर्दछ । काल कसैको बशमा पनि रहँदैन । कालले नभेट्टाउने ठाँउ पनि छैन । यसैगरी कालले नै सुप्त अवस्थाबाट जागृत पनि गराउँछ । यसलाई कसैले पनि भङ्ग गर्न सक्दैनन् । अतः समयको महिमा सबैले जान्नु पर्छभन्ने नीति वचन मननीय छ । – नारायणप्रसाद निरौला, ज्योतिषाचार्य, वास्तुविद् –










