मेष राशिः मेष राशिका लागि यो महिना सुखद् रहनेछ । व्यवसायमा वृद्धि हुनेछ । कला साहित्यका क्षेत्रमा विशेष रुचि रहनेछ । भौतिक वस्तु लाभदायी रहनेछन् । विद्याको क्षेत्र मध्यम देखिन्छ । शत्रु पराजित हुनेछन् । महनिाको पूर्वाद्र्ध भन्दा उत्तराद्र्ध विशेष फलदायी देखिन्छ । स्वास्थ्यको क्षेत्र सामान्य रहनेछ । धार्मिक कार्यमा रुचि जाग्नेछ । आमदानीका स्रोत बढ्दै जानेछन् । प्रेम जीवन सफल र सुखद् रहने देखिन्छ । पारिवारिक साथ सहयोगले यो महिना सुन्दर रहने देखिन्छ । वृष राशिः वृष राशिका लागि महिना कार्यदायी रहनेछ । भौतिक वस्तु लाभदायी रहनेछन् । आर्थिक क्षेत्र सबल रहनेछ । स्वास्थ्यमा भने सजगता अपनाउनु नै उचित हुनेछ । पारिवारिक सुख मिल्नुका साथै व्यापार व्यवसायमा पनि वृद्धि हुने देखिन्छ । धार्मिक कार्यमा रुचि बढ्नेछ । काम बन्नुका साथै नयाँ कार्य मिल्ने योग देखिन्छ । अध्ययनको क्षेत्र सबल रहनेछ । पारिवारिक क्षेत्रबाट पनि साथ सहयोग मिल्नेछ । तर्क शक्तिमा वृद्धि हुनुका साथै सकारात्क कार्यको सुरुवात हुने देखिन्छ ।
मिथुन राशिः मिथुन राशिका लागि यो महिना मिश्रित फलदायी रहनेछ । आर्थिक उन्नतिका योग देखिन्छन् । कार्य गर्ने उतसाह मनमा छाउनेछ । विद्याको क्षेत्र मध्यम देखिन्छ । आर्थिक क्षेत्र सबल रहनेछ । शत्रु पक्ष भने सबल देखिन्छन् । कार्यमा व्यवधानका साथै खर्चमा पनि वृद्धि हुनसक्ने देखिन्छ । जलीय पदार्थ लाभदायी रहनेछन् । स्वास्थ्यमा सजगता अपनाउनु नै उचित हुनेछ । व्यापार व्यवसायमा उन्नति नै देखिन्छ । घर परिवारको क्षेत्र पनि सुखद् रहनेछ । प्रेम जीवन सामान्य रहनुका साथै यात्राका अवसर पनि प्राप्त हुने देखिन्छ । कर्कट राशिः कर्कट राशिका लागि यो महिना यात्रादी रहनेछ । राहुले कार्यमा व्यवधान खडा गर्न सक्ने देखिन्छ । शत्रु पक्षबाट सजग रहनु नै उचित हुनेछ । आफन्तजनको साथ र सहयोग मिल्नेछ । आर्थिक क्षेत्रमा उन्नति हुनेछ । व्यापार व्यवसायमा वृद्धि हुनुका साथै नयाँ कार्य प्राप्तिको योग पनि देखिन्छ । अध्ययन अध्यापनमा सफलता मिल्नेछ । महिनाको पूर्वाद्र्धमा स्वास्थ्य निर्वल रहे पनि उत्तराद्र्धबाट सुधार हु्ँदै जाने देखिन्छ । भू–धनबाट विशेष लाभ रहनेछ । नयाँ कार्यप्राीपतका साथै यात्राको योग पनि देखिन्छन् ।
सिंह राशिः सिंह राशिका लागि यो महिना लाभदायी रहनेछ । कर्मप्राप्तिको योग देखिन्छन् । व्यापार व्यवसायमा पनि वृद्धि हुनेछ । धनको क्षेत्र सबल रहनेछ । सामाजिक मान प्रतिष्ठा प्राप्तिका साथै मनमा प्रशन्नता छाउनेछ । स्वास्थ्यको क्षेत्र सबल रहनेछ । पारिवारिक सुख मिल्नेछ । धार्मिक सामाजिक कार्यमा रुचि जाग्नेछ । आमदानीका क्षेत्र पनि सबल देखिन्छन् । अध्ययन अध्यापनमा सफलता मिल्नेछ । प्रेम जीवन सुखद् रहनेछ । भाग्यको क्षेत्र बलवान छ । सुखद् यात्राका अवसरहरू पनि मिल्ने देखिन्छ । कन्या राशिः कन्या राशिका लागि यो महिना फलदायी रहनेछ । आर्थिक दृष्टिले यो महिना उत्तम रहनेछ । अध्ययनमा रुचि बढ्नुका साथै अध्यापनमा पनि सफलता मिल्ने देखिन्छ । भू–धनबाट विशेष लाभ हुनेछ । व्यापार व्यवसायमा वृद्धि हुनेछ । स्वास्थ्यको क्षेत्र मध्यम छ । शत्रु सबल देखिन्छन् । खर्चमा वृद्धि हुनसक्ने देखिन्छ । व्यवसायमा उन्नति हुँदै जानेछ । स्वजनबाट खासै फइदा देखिदैन । मित्रजनबाट पनि सजग रहनु उचित हुनेछ । कृषि कार्यमा रुचि जाग्नेछ । अन्य क्षेत्र मध्यम फलदायी रहने देखिन्छ । तुला राशिः तुला राशिका लागि यो महिना मिश्रित फलदायी रहनेछ । बौद्धिक कार्यमा मन जानेछ । भौतिक वस्तु लाभदायी रहनेछन् । व्यवसायमा पनि वृद्धि हुँदे जानेछ । लगानीमा नहत्तारिनु नै उचित हुनेछ । कार्यमा उन्नति हुनुका साथै मित्र सहयोग मिल्ने देखिन्छ । आर्थिक क्षेत्र सबल रहनेछ । धार्मिक कार्यमा रुचि जाग्नुका साथै यात्राका अवसर पनि प्राप्त हुनेछन् । महिनको उत्तराद्र्धबाट परिस्थिति प्रतिकूल पनि रहन सक्नेछ । कानुनी क्षेत्रमा सजगता अपनाउनु उचित हुनेछ । शत्रु पक्ष सबल रहने भएकाले कार्यमा व्यवधान पनि उत्पन्न हुन सक्ने देखिन्छ ।
वृश्चिक राशिः वृश्चिक राशिका लागि यो महिना अर्थदायी रहनेछ । आय आर्जनका स्रोत बढ्नेछन् । कार्यमा उन्नति हुनेछ । व्यापार व्यवसायको क्षेत्र सफल रहनेछ । पारिवारिक साथ सहयोग मिल्नुका साथै विद्या क्षेत्रमा उल्लेख्य प्रगति हुनेछ । मित्र सहयोग मिल्ने देखिन्छ । सन्तान सुखका साथै धार्मिक सामाजिक कार्यमा मन जानेछ । धातुजन्य वस्तु लाभदायी रहनेछन् । स्वास्थ्यको क्षेत्र सबलदेखिन्छ । आमदानीका क्षेत्र बढ्नुका साथै आर्थिक समृद्धिको योग दखिन्छ ।धनु राशिः धनु राशिका लागि यो महिना मिश्रित फलदायी रहनेछ । जलीय पदार्थबाट लाभ भए पनि स्थलीय वस्तु त्यति लाभदायी देखिदैनन् । स्वास्थ्यको क्षेत्रमा पनि उतारचढाव रहनेछ देखिन्छ । आर्थिक अस्थिरता रहन सक्नेछ । मित्रजनबाट साथ सहयोग भने मिल्ने देखिन्छ । कार्यमा उन्नति हुनुका साथै शत्रु पक्ष पनि निर्वल हुनेछन् । व्यापार व्यवसाय मध्यम फलदायी रहनेछ । अध्ययन अध्यापनमा उन्नति हुने देखिन्छ । सामाजिक कार्यमा मन जानेछ । यो महिना दुर्गा भगवतीको उपासना लाभदायी रहनेछ । मकर राशिः मकर राशिका लागि यो महिना यात्रादायी रहने देखिन्छ । केतुको प्रभावले मनमा अस्थिरता रहनसक्नेछ । हतारिएर निर्णय नलिनु नै उचित हुनेछ । स्वजनबाट साथ सहयोग मिल्नुका साथै पारिवारिक सुख शान्ति मिल्ने देखिन्छ । सज्जनको संगत लाभदायी रहनेछ । स्वास्थ्यमा सजग रहनु उचित हुनेछ । भौतिक वस्तु लाभदायी रहनेछन् । खर्च बढ्नुका साथै अपव्ययको योग पनि देखिन्छ । यात्राका अवसर मिल्नुका साथै धार्मिक कार्यमा रुचि जाग्ने देखिन्छ । कार्यमा कठिनाइ देखिए पनि जित आफ्नो पक्षमा रहने देखिन्छ ।
कुम्भ राशिः कुम्भ राशिका लागि यो महिना खर्चिलो रहनसक्ने देखिन्छ । कार्यक्षेत्रमा उन्नति हुनेछ । अध्ययनको क्षेत्र सबल रहनेछ । मित्रजनबाट साथ सहयोग मिल्ने देखिन्छ । पारिवारिक क्षेत्रबाट पनि विशेष लाभ रहनेछ । धनको क्षेत्र सबल देखिन्छ । आमदानीका स्रोत बढ्नेछन् । शत्रु पक्ष भने सबल देखिन्छन् । पारिवारिक सुख मिल्ने छ । पराक्रम बढ्नुका साथै कृषि कार्यमा मन जानेछ । प्रिय मिलनले मनमा प्रशन्नता छाउनुका साथै कार्यमा उत्साह समेत आउने देखिन्छ ।मीन राशिः मीन राशिका लागि यो महिना उत्तम फलदायी रहनेछ । आर्थिक उन्नतिका योग देखिन्छन् । धनको क्षेत्र सबल रहनेछ । व्यापार बढ्नुका साथै अध्ययनमा रुचि जाग्ने छ । राजनीतिक क्षेत्र सबल रहनेछ । यात्राका अवसर मिल्नेछन् । पारिवारिक क्षेत्रबाट पनि साथ सहयोग मिल्नेछ । कर्म क्षेत्र बलवान् देखिन्छ । शत्रु पराजित हुनेछन् । मित्रजनको सहयोग मिल्नुका साथै धार्मिक सामाजिक कार्यमा रुचि जाग्नेछ । स्वास्थ्य क्षेत्र निर्वल रहने भएकाले विशेष ध्यान दिनु उचित देखिन्छ । प्रेम जीवन सबल र सफल रहनेछ ।उपप्राध्यापक नारायणप्रसाद निरौला ,ज्योतिषाचार्य, वास्तुविद्










