श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७५ साल माघ महिनाको ४ गते शुक्रबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । हेमन्त ऋतु अन्तर्गत पौष शुक्लपक्षको द्वादशी तिथि बेलुका ५।१४ बजेसम्म रहनेछ । यो महिनाका देवता माधव र मासदेवी रुक्मिणी हुन् । सूर्य मकर राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । रोहिणी नक्षत्र विहान ९।३५ बजेसम्म रहनेछ । आज ब्रह्म योग र कौलव करण रहेको छ । यसैगरी आज सूर्योदय ६।५७ मा छ भने सूर्यास्त बेलुका ५।३१ बजे हुनेछ । चन्द्रमा आज वृष राशिमा छन् । आज प्रदोषव्रत परको छ । प्रदोष भनेको विशेष दोषयुक्त काल हो । आज सन्ध्याकालीन समयलाई विशेष देषयुक्त मानिन्छ । त्यसैले आज शिवजीको व्रत उपासना मात्र शुभ रहन्छ । उपप्राध्यापक नारायणप्रसाद निरौला ज्योतिषाचार्य, वास्तुविद्










