मेष राशिः कार्यमा अवरोध रहनेछ, शत्रु पक्ष सबल रहनुका साथै खर्चमा पनि वृद्धि हुने देखिन्छ ।
वृष राशिः आयमा वृद्धि हुनेछ, कार्य लाभका साथै सुखद् यात्राको योग देखिन्छ ।
मिथुन राशिः आर्थिक लाभ हुनेछ, व्यापार बढ्नुका साथै मित्रलाभ हुने देखिन्छ ।
कर्कट राशिः मीष्ठान्न प्राप्तिको योग देखिन्छ, कार्य लाभका साथै अध्ययनमा रुचि जाग्ने देखिन्छ ।
सिंह राशिः शत्रु पक्ष सबल रहनेछन्, कार्यमा अस्थिरताका साथै मनमा चपलता रहनेछ ।
कन्या राशिः सामाजिक कार्यमा रुचि जाग्नेछ, मित्र लाभका साथै पारिवारिक सुख मिल्ने देखिन्छ ।
तुला राशिः आर्थिक लाभ हुनेछ, व्यापार बढ्नुका साथै कार्यमा उन्नति हुने देखिन्छ ।
वृश्चिक राशिः अध्ययनमा रुचि जाग्नेछ, कार्य लाभका साथै मनोरञ्जनमा रुचि रहनेछ ।
धनु राशिः आर्थिक अस्थिरता रहनेछ, शत्रु पक्ष सबल रहनुका साथै स्वास्थ्यमा पनि प्रतिकूलता आउने देखिन्छ ।
मकर राशिः द्रव्यलाभ हुनेछ, काम बन्नुका साथै प्राज्ञिक क्षेत्रमा दिन व्यतित हुनेछ ।
कुम्भ राशिः भौतिक वस्तु लाभदायी रहनेछन्, आय बढ्नुका साथै मित्र सहयोग मिल्नेछ ।
मीन राशिः धनको क्षेत्र सबल देखिन्छ, कार्य लाभका साथै सुखद् यात्राका योग पनि देखिन्छन् ।
उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३,९ ८०८२११२०५










