आज माघ कृष्णप्रतिपदा, शुभ विहानी सहित हेर्नुहोस् आजको दिन २०७५ माघ ८ गते

प्रकाशित मिति:

श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७५ साल माघ महिनाको ८ गते मंगलबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । हेमन्त ऋतु अन्तर्गत माघ कृष्णपक्षको प्रतिपदा तिथि विहान ९।१२ बजेसम्म रहनेछ । यो महिनाका देवता माधव र मासदेवी रुक्मिणी हुन् । सूर्य मकर राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । अश्लेषा नक्षत्र विहानका राति २।४९ बजेसम्म रहनेछ । आज प्रीति योग र तैतिल करण रहेको छ । यसैगरी आज सूर्योदय ६।५७ मा छ भने सूर्यास्त बेलुका ५।३५ बजे हुनेछ ।

चन्द्रमा आज कर्कट राशिमा छन् । आजबाट चान्द्र महिनाको माघकृष्णपक्ष आरम्भ भएको छ । कृष्णपक्षमा चन्द्रमाको उजयालो भाग क्रमशः घट्दै जाने गर्दछ । आज मंगलबार श्रीस्वस्थानी माताको उपासनाँगै गणेशजीको आराधना पनि शुभ रहनेछ ।