ओली सरकारले जनताको पक्षमा काम गर्न सकेन : डा. शेखर

प्रकाशित मिति:

लम्की –  नेपाली कांग्रेसका नेता तथा केन्द्रीय सदस्य  डाक्टर शेखर कोइरालाले केपी ओली नेतृत्वको सरकारले जनताको पक्षमा काम गर्न नसक्ने ठोकुवा गरेका छन् । सरकार दुई तिहाईको दम्भ देखाएर सत्ता कब्जा गर्ने उदेश्यले अगाडी बढी रहेकाले जनताको हितमा काम गर्न नसक्ने आरोप लगाएका छन् ।

 कैलाली निर्वाचन क्षेत्र  नम्बर २ को क्षेत्रीय सम्मेलनको बुधबार लम्कीमा उद्घाटन गदै नेता कोइरालाले  सरकारका प्रधानन्त्री शक्तीको भोको रहेको बताउदै कम्युनिष्टहरु कहिल्यै पनि लोकतान्त्रीक हुन नसक्ने बताए । वर्तमान सरकार दुई तिहाईको दम्भ देखाउदै जनताको बलिदानीबाट ल्याईएको लोकतान्त्रीक गणतन्त्र र संघीयता धरापमा पार्न लागेको बताउदै यसमा सबै सचेत हुनुपर्नेमा जोड दिएक।

वर्तमान सरकार संघीयतालाई असफल पार्न खोजेको बताउदै डा. कोइरालाले संघीय सरकारले प्रदेश स्तरका जनताको अपेक्षा अनुसार अगाडि बढ्न नसकेको बताए । बर्तमान सरकारका कारण नै संघीयता कमजोर बन्दै गएको बताउदै संघीयताको संरक्षण लोकतन्त्रमा मात्र हुन सक्ने ठोकुवा गरे । सरकार भ्रष्टचार संस्थागत गर्नका लागी अगाडी बढी रहेको बताउदै  सुन काण्ड, निर्मला हत्याकाण्डमा सरकारमा रहेका ब्यक्ति नै संलग्न रहेको आरोप लगाए ।

कार्यक्रममा सुदर पश्चिम प्रदेश संसदियदलका नेता प्रदेश सभा सदस्य डा रण बहादुर रावलले प्रदेश सरकार संघीय सरकारको सिको गरिरहेको बताए । निर्मला पन्त घटना प्रकरणमा समेत सरकार हत्यारलाई पक्ता लगाउनुको साटो प्रमाण मेटाउन तर्फ अग्रसर भएको र बलत्कारलाई ढाकछोप गर्न खोजेको आरोप लगाए । यसैबिच नेपाली कांग्रेस कैलाली निर्बाचन क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलन  बुधबार  देखि कैलालीको लम्कीमा शुरु भएको छ । क्षेत्रीय सभापति भक्तबहादुर थापाको सभापतित्वमा शुरु भएको सम्मेलनको उद्घाटन नेपाली कांग्रेसका नेता डा. शेखर कोइराले गरेका थिए । क्षेत्रीय उपाध्यक्ष डम्बर बहादुर भडारीको स्वागत मन्तब्य संगै शुरु भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरु, नेपाली कांग्रेस सुदुरपश्चिम प्रदेशका संसदियदलका नेता डा. रणबहादुर रावल, नेपाली कांग्रेसका कैलाली जिल्ला सभापति नरनारायण शाह “मनु” प्रदेश सांसद भरत खड्का लगायतकाले शुभकामना मन्तब्य राखेका थिए ।