न्यू पाइनउड इङलिस बोडिङ्ग स्कुल गोलपार्कले शुक्रवार खाना महोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ ।विद्यार्थीमा रहेको अन्तरनिहित क्षमता प्रष्फुटित गर्न र व्यवहारिक ज्ञानलाई महत्व दिन विद्यालयमा एक दिने खाना महोत्सव आयोजना गरिएको विद्यालयका अध्यक्ष लक्ष्मण कार्कीले जनाकारी दिए ।विद्यालयमा पढाइ हुँदै आएको ओविटीइ विषय अध्ययन गर्ने विद्यार्थीहरुले आफै खानाका विभिन्न परिकारहरु तयार गरी अभिभावक तथा साथीहरुलाई बेचेका थिए । खाना महोत्सवबाट संकलन हुने रकम विद्यार्थीहरुले सामाजिक क्षेत्रमा खर्च गर्ने विद्यालयका अतिरिक्त क्रियकलाप प्रमुख हरिप्रसाद पाण्डेयले बताए ।कक्षा ६ देखि कक्षा ९ सम्मका करिव दुइ सय विद्यार्थीहरु खाना महोत्सवमा सहभागि भएको विद्यालयका प्रिन्सिपल काशीराज कार्कीले बताए ।विद्यार्थीलाई कितावी ज्ञानसँगै व्यवहारिक ज्ञानका लागि यस प्रकारको खाना महोत्सव गरिएको कार्यक्रम संयोजक किरण गुरुङले बताए ।विद्यार्थीले चुकाउनी, सोयाविनको छोइला, खोरखाली अचार, चिया, ममलगाएतका परिकार तयार गरी विक्रिका लागि स्टल निमार्ण गरेको थिए । साथै विद्यार्थीहरुले समाजिक विषयसँग सम्वन्धित नक्साहरु निमार्ण गरी प्रर्दशन समेत गरेका थिए ।