दीपका विद्यार्थीले गरे खाना महोत्सव

प्रकाशित मिति:

बुटवल–८ सुख्खानगरमा रहेको दीप बोर्डिङ हाई स्कूलको कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा शुक्रबार खाना महोत्वस गरिएको छ । विद्यार्थीहरुले सेलरोटी–अचार, बटुक–पकौडा, नेवारी खाँजा, खीर, फुल्की–चाँट, कोदोको रोटी, मः मः चाउमिन लगायतका परम्परागत तथा आधुनिक खाना तथा खाजा तयार गरेका थिए । यस्तै विद्यार्थीहरुले रमाइलो खेल र अनुहार चित्रकला पनि आयोजना गरेका थिए भने विद्यार्थीहरुले हस्तर्निमित सामाग्रीहरुको प्रदर्शन समेत गरेका थिए ।विद्यार्थीमा किताबी ज्ञान मात्र भएर नहुने हुँदा त्यसको व्यवहारिक प्रयोग हुन सकोस भन्ने उद्देश्यले यस प्रकारको कार्यक्रम गरिएको विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले बताउनुभयो ।दोस्रो त्रैमासिक परीक्षाफल प्रकाशनको अवसरमा आयोजित खाना महोत्सवमा विद्यालयका अभिभावक , शिक्षक कर्मचारी तथा विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।विद्यार्थी आफैले रकम उठाएर महोत्सव आयोजना गरेकोले यसबाट प्राप्त हुने नाफा उनीहरुलाई प्रदान गरिने विद्यालयका उपप्राचार्य तथा अतिरिक्त क्रियाकलाप प्रमुख सुरेन्द्र कुमार शाक्यले बताउनुभयो । सोही अवसरमा विद्यार्थीहरुले नृत्य तथा गायन समेत प्रस्तुत गरेका शिक्षक दिनेश खड्काले जानकारी दिनुभयो ।