काठमाडौं – पशुपति शमशेर राणा अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) बीच पार्टी एकता हुने भएको छ । माघ १८ गते राजधानीमा पत्रकार सम्मेलन गरेर पार्टी एकताको घोषण गरिने छ ।
कमल थापाको राप्रपासँग हुने भनिएको पार्टी एकता अन्तिम समयमा भाँडिएको थियो । यी दुई पार्टी एक भएपछि कमल थापा एक्लै परेका छन् । विचार मिले कमल थापालाई पनि ल्याउने तयारी भएको स्रोतले बतायो ।












