रुपन्देहीको देवदहमा रहेको सगरमाथा आवासिय माध्यमिक विद्यालयले आफ्नो स्थापनाको २५ वर्ष पुरा गरेको अवसरमा रजत जयन्ति महोत्सव मनाउने भएको छ । विद्यालयले माघ २९ गतेदेखि विभिन्न रचनात्मक तथा सृजनशिल कृयाकलापहरु गरेर फागुन ७ गते मुल समारोह गरेर रजत महोत्सव गर्ने भएको हो । विद्यालयले बिहीबार पत्रकार सम्मेलन गरि रजत महोत्सव मनाउनका लागि सबै कार्यक्रमको तयारि पुरा भएको जानकारी गराएको हो । विद्यालयका प्राचार्य कृष्णप्रसाद पौडेलले सप्ताहब्यापि कार्यक्रमका साथ रजत महोत्सव मनाउन लागेको जानकारी गराउनुभयो । उहाँले सप्ताहब्यापि कार्यक्रम माघ २९ गतेदेखि सुरु भएतापनि रजत जयन्ति महोत्सव सम्वन्धि कार्यक्रम माघ १७ गतेदेखिनै जारी रहेको बताउनुभयो । २०५१ सालमा स्थापना भएको सगरमाथा विद्यालयमा स्थापनाको वर्ष ४ जना शिक्षक कर्मचारी र ६५ जना विद्यार्थीबाट सुरु भएको विद्यालयमा अहिले कक्षा १२ सम्म एक हजार ५ सय ७५ विद्यार्थी तथा ६१ जना शिक्षक कर्मचारीले अध्यापन गराई रहेका छन् ।