राशिफल

प्रकाशित मिति:

मेष राशिः कार्यमा अवरोध रहन सक्नेछ, खर्च बढ्नुका साथै मनमा अस्थिरता रहनसक्ने देखिन्छ ।

वृष राशिः मित्रसुख मिल्नेछ, धन प्राप्तिका साथै दुर्गा भगवतीको उपासना शुभ रहनेछ ।

मिथुन राशिः आर्थिक लाभ हुनेछ, काम बन्नुका साथै पारिवारिक सुख मिल्ने देखिन्छ ।

कर्कट राशिः मित्र सहयोग मिल्नेछ, कार्य लाभका साथै सुखद् यात्राका योग देखिन्छन् ।

सिंह राशिः शत्रु पक्ष सबल रहनेछन्, खर्च बढ्नुका साथै प्रेममा अस्थिरता रहनेछ ।

कन्या राशिः कान्ति वृद्धि हुनेछ, धन प्राप्तिका साथै सामाजिक कार्यमा मन जानेछ ।

तुला राशिः शत्रु परास्त हुनेछन्, बौद्धिक उन्नयनका साथै दाम्पत्य जीवन सुखद रहने देखिन्छ ।

वृश्चिक राशिः सोचाइमा परिवर्तन आउनेछ, मनमा उत्साह छाउनुका साथै प्रेम जीवन सुखद् रहने देखिन्छ ।

धनु राशिः आर्थिक अस्थिरता रहनेछ, कार्य अवरोधका साथै दिन संघर्षमय रहने देखिन्छ ।

मकर राशिः व्यापारमा वृद्धि हुनेछ, आर्थिक लाभका साथै सुखद् यात्राको योग पनि देखिन्छ ।

कुम्भ राशिः अध्ययनमा रुचि जाग्नेछ, कार्य लाभका साथै मित्रसुख रहने देखिन्छ ।

मीन राशिः आर्थिक लाभ हुँनेछ, काम बन्नुका साथै सुखद् यात्राको योग पनि देखिन्छ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला