नवलपरासी । जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा आज एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा सस्थाका शेयर सदस्य र गैर शेयर गरी करीव ४ सय जना विरामीले स्वास्थ्य सेवा लिएको सस्थाका सचिव तथा कार्यक्रम संयोजक दिपक थापा क्षेत्रीले जानकारी दिनुभयो । नेपाली सेना कालीध्वज गण रामग्राम व्यारेक परासी, जिल्ला स्वास्थ्य कार्यलय नवलपरासी, पृथ्वी चन्द्र जिल्ला अस्पताल र चिसापानि अस्पतालको प्राविधिक सहयोग रहेको शिविरमा सहकारीले निशुल्क औषधी समेतको व्यवस्था गरेको थियो ।
शिविरमा नेपाली सेनाका डाक्टर किरण घिमिरे, पृथ्वि चन्द्र जिल्ला अस्पतालमा कार्यरत डाक्टर अजेन्द्र यादव र उमेश गुप्ता, चिसापानि अस्पतालमा कार्यरत डाक्टर कुशल राज जोशी लगायतले हाड–जोर्नी तथा नशाा रोग, स्त्री तथा प्रसुति र जनरल फिजिसियन सम्बन्धी रोगको उपचार गर्नुभएको संस्थाका अध्यक्ष डिक बहादुर पाण्डे क्षेत्रीले जानकारी दिनु भयो । सहकारीले आफ्नो सामाजिक उत्तरदायी अनुसार आर्थिक विकासमा मात्र नभई स्वास्थ्य, शिक्षा लगायत विकासका पुर्वधारसंग सम्वन्धि क्षेत्रमा समेत काम गरेको पाण्डेले बताउनु भयो ।
शिविरमा नेपाली सेनाका पृतनापति सहायक रथी सिताराम खड्का, बाहीनीपती सहायक रथी आनन्द कुमार अधिकारी, निमित्त गणपति शरद थापा मगर, दाउन्नेदेवी क्याम्पसका क्याम्पस प्रमुख नरेस खनाल, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य पुरुषोत्तम सुवेदी, सहकारीका सस्थापक अध्यक्ष शम्भुलाल श्रेष्ठ लगायतको उपस्थीतीमा शिविर सम्पन्न भएको छ । विहान १० बजे सुरुभएको शिविर साझ ६ बजे सम्म सेवा प्रदान गर्दै समापन भएको छ ।












