बुटवल । रोटयाक क्लब अफ क्षितिज इन्टरनेश्नल कलेजको आयोजनामा वुटवल जितगढी स्थित वालकल्याण गृहमा आश्रीत अनाथ वालवालिकालाई शैक्षिक सामाग्रि वितरण गरिएको छ ।क्बलका सदस्यहरुले सरस्वती पुजाको अवसरमा संकलन गरेको करिव १० हजार बरावरको शैक्षिक सामाग्री वितरण गरिएको अध्यक्ष किरण न्यौपानेले जानकारी दिए ।
रोटरी क्लब अफ बुटवलको अध्यक्ष डा नारायण प्रसाद पन्थले मंगलवार वालवालिकाहरुलाई कपि, कलम, पेनसिल, इरेजर लगायतका सामाग्री हसतान्तरण गरेका हुन ।
सो अवसरमा उनले वालवालिकाको शैक्षिक क्रियाकलापमा सामाग्रीले केही भएपनि राहत र प्रोत्साहन मिल्ने बताए । कार्यक्रममा एडिएल्टी लक्ष्मण खरेल, रोट््याक्ट कम्युनिटी सर्भिस डाईरेक्टर विक्रम क्षेत्री, रोटरी क्लब अफ बुटवलका मेम्मरसिप चियर खेम पुन, क्लबका आईपिपि सागर पाण्डे लगायत क्षितिजबाट २५ जना रोट््याक्टरहरुको सहभागितामा शैक्षिण समाग्री प्रदान गरिएको सचिव वर्षा पाण्डेले बताईन ।