तीन सय बढिको मधुमेह परिक्षणसंगै खाना महोत्सव

प्रकाशित मिति:

झबिन्द्र देवकोटा, रुपन्देहीको देवदहमा निशुल्क स्वास्थ्य परिक्षण तथा चिकित्सकीय परामर्श कार्यक्रम भएको छ । स्थानीय सगरमाथा आवासिय माबिको रजत महोत्सवको अवसर भएको स्वास्थ्य शिबिरमा स्थानीय, अभिभावक, शिक्षक तथा विद्यार्थी गरि ३ सय जनाले मधुमेहको परिक्षण गरेका थिए । सो अवसरमा बदलिदो मौसम र स्वास्थ्य सम्बन्धी समस्याका बारेमा चिकित्सकीय परामर्श लिएका थिए । देवदह मेडिकल कलेजका स्वास्थ्यकार्मी बासुदेव पाण्डे, शिक्षक डिल्लीराम पराजुली, आबिस्कार पराजुली लगायतले बोल्नु भएको थियो । यसैबीच कक्षा ६ देखि १२ कक्षासम्मका विद्यार्थीहरुले खाना महोत्सव गरेका छन । विद्यालय प्राङ्गणमा भएको खाना महोत्सवमा नेपाली, इण्डियन र चाईनिज विभिन्न परिकारहरु बनाएर प्रदर्सन गरेको प्राचार्य कृष्णप्रसाद पौडेलले जानकारी दिए । खाना महोत्सवमा अभिभावक, शिक्षक र विद्यार्थी गरि ६ सय ५० बढिको सहभागिता रहेको थियो ।