भाग्यमानीसँग हुन्छन् यी ६ कुरा, हेर्नुहोस् त तपाईसँग छ की छैन् ?

प्रकाशित मिति:

भनिन्छ सुख दुख आउँछन् जान्छन् । मानिस सधै भरि सुखी पनि हुदैन् र दुखी पनि हुदैन् । यसै प्रसंगलाई लिएर महाभारतमा पनि विदुरले भनेका छन् । यदि कुनै मानिसको जीवनमा ६ कुराहरु छन् भने उ कहिल्यै दुखी हुँदैन् हेरौँ केके हुन् त ती ५ कुरा महाभारतमा पनि उल्लेख छ ।

१.धन : सुखी जीवन जिउनको लागि धन नै चाहिन्छ । जब मानिस सँग धन हुन्छ तब न उसको सम्मान हुन्छ । जब उ सँग धन हुदैन् उसको न सम्मान हुन्छ त न इज्जत । परिवारको पालन पोषण देखि लिएर गाँस, बाँस, कपास यी सबै कुराहरुको पुरा भयो भने मात्र मानिस सुखी हुन्छ । धन नै हो वृद्धा अवस्थाको साहरा पनि धन भएन भने आफ्नै सन्तानले पनि हेर्दैनन् । यसर्थ मानसम्मान, शिक्षादीक्षा, परिवारको पालनपोषण, र रोगलाग्दा उपचारको लागि धनको अति आवश्यक हुन्छ ।

२.निरोगी शरिर : सदैव सुखी रहनको लागि शरिर स्वास्थ्य हुन जरुरी छ । यदि हामी निरोगी छौँ भने हरेक कामहरु सफल हुने गर्छन् । जब आफुमा रोग छ भने हरेक काम गर्दा समस्या नै समस्याहरु आउने गर्छन् । काम नगरी खान पाइदैन् । स्वस्थ्य शरीर नै एकप्रकारले सुखी जीवन हो इश्वरको बरदान हो ।

३.सुन्दर पत्नी : घरमा सुन्दर पतनी हुनाले पनि एक प्रकारको सुख प्राप्त हुने गर्छ । महाभारतमा विदरले भनेका छन्, सुन्दर श्रीमती हुनु पनि एक प्रकारको सुख हो । घरमा श्रीमतीले गर्ने व्यवहारको करण पनि बाहिरिय समस्या बाट बच्न सकिन्छ । आपसी छलफल र सद्व्यवहारबाट नै घर परिवार संचालन हुन सक्छ ।

४. मीठो बोली बोल्ने श्रीमती : सुन्दर श्रीमती हुनुको साथै मिठो बोली बोल्ने श्रीमती हुनु पनि एक प्रकारको सुख हो । जसले नम्रतापूर्वक आफ्नो परिवारलाई राख्छ उ सधै सुखी हुन्छ । यदि नमिठो बोल्ने श्रीमती घरमा छ भने घरको वातावरण नै दुष्ट बन्छ र घरमा सधै विवाद हुन्छ । त्यो घरमा न इष्टमित्र आउँछन् नत त्यो घरमा शान्ति नै हुन्छ । न छिमेकीको सहयोग मिल्छ ।

५.आज्ञाकारी पुत्र : वर्तमान समयमा सबैभन्दा ठूलो समस्या सन्तान हो । सन्तान यदी गलत बाटोमा लागे भने यसको दोष बुबा आमालाई पर्न जान्छ । सन्तान विद्वान् हुन भनेको ठूलो सुख हो । त्यसैले सन्तानको उच्च शिक्षाको लागि बाबु–आमाले आप्नो भएभरको सम्पत्ति लगाएर विदेशमा पठाउँछन् । बुढेसकालको साहरा भनेको नै सन्तान हुन सन्तान साथमा भउर पनि कुलतमा फसे भने उ सधै दुखी हुन्छ । त्यसैले महात्मा विदुर भन्छन् सज्जन सन्तान हुने जो कोहीले पनि दुख कहिल्यै भोग्नु पर्दैन ।

६.धन पैदा गर्ने विद्या : पैसा त आउँछ जान्छ यो एक नियम नै हो । कयौं पटक यस्तो पनि देखिएको छ कि कोही व्यक्ति कुनै दिन धनवान हुन्छ त केही दिनमै पैसा को लागि तड्पि रहेको हुन्छ । यदि तपाईंसँग पैसा छैन तर कला छ भने तपाई त्यसप्रकारका कामहरू गर्न सक्नु हुन्छ । सम्मान पूर्वक जिवनयापन गर्न सक्नु हुन्छ ।