आज श्रीस्वस्थानीव्रत समापन गर्ने दिन, २०७५ फागुन ७ गते

प्रकाशित मिति:

श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७५ साल फागुन महिनाको ७ गते मंगलबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । शिशिर ऋतु अन्तर्गत माघ शुक्लपक्षको पूर्णिमा तिथि राति ८।५० बजेसम्म रहनेछ । यो महिनाका देवता गोविन्द र मासदेवी धात्री हुन् । सूर्य कुम्भ राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । अश्लेषा नक्षत्र दिवा ११।०० बजेसम्म रहनेछ । यसैगरी आज शोभन योग र भद्रा करण रहेको छ । यसैगरी आज सूर्योदय ६।४० मा छ भने सूर्यास्त बेलुका ५।५६ बजे हुनेछ । चन्द्रमा आज कर्कट राशिमा छन् ।

आज श्रीस्वसथानी व्रत समापन गर्ने दिन हो । आज महिनादिनसम्म गरिएको उपासनाको विशेष धार्मिक कार्यपूर्वक समापन गरिन्छ । यसैगरी पूर्णिमा व्रत पनि आज नै परेको छ । माघ शुक्ल पूर्णिमासँगै माघस्नानको पनि समाप्ति हुने गर्दछ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद् 
९८४१०१२२०३,९ ८०८२११२०५