तेजश्वी व्यक्तिले अरुको तेज किन सहन गर्न सक्दैनन् ? हेर्नुहोस् आजको नीति वचन
न तेजस्तेजस्वी प्रसृतमपरेषां प्रसहते ।
स तस्य स्वो भावः प्रकृति नियतत्वादकृतकः ।। –नीति वचन
तेजश्वी व्यक्ति अरुको तेजलाई सहन गर्न सक्दैनन् । किनकि त्यो उसको जन्मजात प्रकृतिले दिएको वरदान हो ।
तेज सबैभन्दा ठूलो शक्ति हो । तेजश्वी व्यक्तिले अरुको तेज सहन गर्न सक्दैनन् । किनकि उनीहरूमा शक्तिको मद रहन्छ । जन्मजात लिएर आएको गुणलाई बदल्न गाह्रो हुन्छ । प्रकृतिले दिएको वरदान जे छ त्यही रहन्छ । मान्छेको पकृतिक स्वभाव जे छ त्यही रहन्छ भन्ने नीति वचन मननीय छ । – नारायणप्रसाद निरौला, ज्योतिषाचार्य, वास्तुविद्












