भक्तपुरको क्यान्सर अस्पतालमा भित्रियो अत्याधुनिक रेडियो थेरापी मेशिन

प्रकाशित मिति:

काठमाडौँ / भक्तपुर क्यान्सर अस्पतालले अत्याधुनिक रेडियो थेरापी लिनाक मेशिन भित्रयाएको छ। नेपालको पहिलो क्यान्सर अस्पतालका रुपमा रहेको अस्पतालममा करीब १८ करोड पर्ने सो मेशिन एक साताअघि भित्र्याइएको हो ।अस्पतालले अत्याधुनिक रेडियो थेरापी लिनाक मेशिन ५ करोड सरकारको अनुदानमा लिएको हो । बैशाख भित्रमा अत्याधुनिक किसिमले क्यान्सरको उपचारमा सेवा सुरु गर्ने अस्पतालले जनाएको छ ।

यो मेशिनले क्यान्सर बाहेकका अंगमा क्षति पुग्न नदिने , सुक्ष्म क्यान्सरको उपचार एवं उपचारका क्रममा हुने नकारात्क असर कम गर्छ र यसले कोबाल्ट९६० भन्दा प्रभावकारी उपचार गर्र्छ ।उपचारका लागि एउटा कोर्स पुरा गर्न निजी अस्पतालले ४र५ लाख रुपैयाँ लिँदै गर्दा अब यो अस्पतालबाट ५०र६० हजारमै सेवा दिने लक्ष्य राखेको अस्पतालले जनाएको छ । जसका कारण सर्वसाधारणले पनि सहज सेवा लिन पाउनेछन् ।