नवज्योति इ.बो स्कुल मा बाल प्रतिभा प्रदर्शन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

नवज्योति इ.बो स्कुल मणिग्राममा आज बाल प्रतिभा प्रदर्शन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । बाल प्रतिभा प्रदर्शन अन्तर्गत व्यवसायिक तथा विज्ञान प्रर्दशनी खाना महोत्सव माला बनाउने कार्यक्रम , सांस्कृतिक झलक , तेकवान्दो प्रदर्शनी प्रतियोगितात्मक कार्यक्रमहरु सम्पन्न भएका हुन् । त्यसैगरी खेलकुद प्रतियोगिता साप्ताहिक कार्यक्रमहरुका साथै बाल प्रतिभाका विजयी विद्यार्थीह्रुलाई पुरस्कृत गरिएको छ । त्यसैगरी विद्यालयद्धारा आयोजित गायन तथा नृत्य तारा प्रतियोगितामा अन्तिम चरणमा प्रवेशरत विद्यार्थीहरुको प्रतियोगिता समेत सम्पन्न भयो । सो कार्यक्रममा हितान सुक्र , माइकल देव दर्लामी र सुनिता रोकाको निर्णायकको भूमिका रहेको थियो । आज आयोजित उक्त कार्यक्रममा तिलोत्तमा न.पा. वा. नं. ४ का अध्यक्ष कृष्ण प्रसाद पौडेलले प्रमुख अतिथिको भूमिका निर्वाह गर्नु भएको थियो । विद्यालयका प्राचार्य गोपाल ज्ञवालीको सभाध्यक्षतामा संचालित उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण ज्ञवाली, तिलोत्तमा नगर शिक्षा विभाग प्रमुख हरि ज्ञवाली ,तिलोत्तमा नगरपालिका प्याब्सन अध्यक्ष डिबि थापा प्रशासकीय प्रमुख तथा सह प्राचार्य राजुदेवी खनाल , सह—प्राचार्य टोपबहादुर के.सी अतिथिहरुको उपस्थिति रहेको थियो ।