बुटवल–७ दीपनगरस्थित त्रिभुवन युनाइटेड एकेडेमीमा गठित विद्यार्थीहरूको त्रिरत्न बाल क्लब र जुनियर रेडक्रस सर्कलले शुक्रबार अनाथ आश्रमलाई सहयोग गरेका छन् । आफूहरूले खाने खाजा खर्च कटाएर जम्मा गरेको ५ हजार १ सय रूपैयाँ रकम तिलोत्तमा मणिग्रामस्थित आत्मशान्ति अनाथ आश्रमलाई प्रदान गरेका हुन् । आश्रममा अनाथ ११ जना अनाथ बालबालिकाहरू बस्दै आएका छन् । आश्रमले स्थापना गरेको अक्षयकोषमा सानै रकम भए पनि सहयोग पु¥याउने उद्देश्यले सहयोग गरिएको त्रिरत्न बाल क्लबका अध्यक्ष दिलमाया कामुले बताइन् । आगामी दिनमा पनि यस्तै सहयोग गर्दै जान जुनियर रेडक्रस सर्कल त्रिभुवन युनाइटेडका अध्यक्ष विष्णु बगालेले बताइन् । क्लबले यस अगाडि सिद्धार्थ महिला तथा बाल अस्तालमा उपचार गर्न आएका विपन्न परिवारलाई पनि सहयोग गरेका थिए । विद्यालयका सहायक प्राचार्य रामचन्द्र बस्यालले बालबालिकाहरू उदाहरणीय काम गरेको बताए । विद्यालयका शिक्षक नायक बसुन्धरा भुसालले यस्तै सहयोग गर्न बालबालिकाहरूलाई सधै प्रेरित गर्ने बताइन् । कार्यक्रमको सञ्चालन छात्रा श्रेण तिवारीले गरेकी थिइन् । सहयोग प्रदान गर्न दुवै क्लबमा आवद्ध विद्यार्थीहरू आश्रममा पुगेका थिए ।