आज शनिबार, कस्ता कार्यका निम्ति शुभ रहनेछ ? हेर्नुहोस् आजको दिन, २०७५ फागुन ११ गते
श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७५ साल फागुन महिनाको ११ गते शनिबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । शिशिर ऋतु अन्तर्गत माघ कृष्णपक्षको चतुर्थी तिथि दिवा १।२४ बजेसम्म रहनेछ । यो महिनाका देवता गोविन्द र मासदेवी धात्री हुन् । सूर्य कुम्भ राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । चित्रा नक्षत्र विहानका राति ४।११ बजेसम्म रहनेछ । यसैगरी आज गण्ड योग र कौलव करण रहेको छ । यसैगरी आज सूर्योदय ६।३७ मा छ भने सूर्यास्त बेलुका ५।५९ बजे हुनेछ ।
चन्द्रमा आज कन्या राशिमा छन् । आज शनिबार शिवजीको उपासनासँगै पिपलमा जल अर्पण गर्नाले शनिजन्य दोष निवारण हुनेछन् ।
उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३,९ ८०८२११२०५












