बोल्न पाईन्छ कान्छा बोल्न पोर्छ बोल

प्रकाशित मिति:

बोल्न पाईन्छ कान्छा बोल्न पोर्छ बोल
घोटाला र माफ़िया को खोल्न पर्छ पोल
गायक कारले हित गॉऊदा किन तर्सिय
आफ्नो गल्ति देखेर आफै तर्सिय

चोर को खुट्टा काट भन्दा खुट्टा खुट्टा थुते जस्तो
सॉचो गित सुनेर माफिया हरु
डराय कस्तो पशुपति शर्मा धन्यवाद तिमिलाई
भन्नु पर्ने गाऊनु पर्ने गायौ गित गायौ देश हल्लाई

गाईजात्रा कमेडिमा आशण ग्रहण गर्न जादा
मनोज गजुरेल को कमेडिमा पेटमिचेर हॉस्दा
त्यो बेलामा केहि बोल्न सकेनौ किन
पशुपति शर्मा को गित मा किन भयौ थर्कमान
नेताहरु को कुर्रनिति अत्याचार बिरुद्द् बोल्न पाऊनु पर्छ
भ्रष्टाचार माफ़िया को पोल खोल्नै पर्छ
बोल्न पाईन्छ कान्छा बोल्नु पर्छ बोल
घोटाला माफ़िया को खोल्नै पर्छ पोल
झुटो भाषण गरि चुनाव को बेला जनता झुक्याउनि
ऊषान टुक्का जुहारिले बर्षौ बिताउनि
बोल्न पाईन्छ बोल कान्छा बोल्न पर्छ बोल
अत्याचार को बिरुद्द् मा बोल्न पर्छ बोल

रचना शारदा क्षेत्रि