सुदिप गौतम, बुटवल / मृत्युुमार्गको रुपमा परिचित सिद्द्वावा खण्डको मर्मत सम्भारसहित नयाँ बाटो बनाउन माग गर्दै बेजोड गित निर्माण भएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पाको खण्डको सिद्धबाबा सडकलाई धेरैले ‘मृत्युमार्ग’का रुपमा परिभाषा दिन्छन् । हुन पनि हो यहाँ वर्षनी यात्रुहरुले अकालमै ज्यान गुमाईरहेका छन् ।
घाम वा पानी, हिउँद वा वर्खा जुनसुकै वेला ढुंगे पहिरो खस्छ । गाडीलाई च्याप्छ । यो सडकखण्डमा यात्रा गर्नेहरु भगवान पुकारेर यात्रा गर्न बाध्य छन् । यस्तै यथार्थ विषयलाई लिएर कलाकारहरुले नेतालाई प्रश्न गर्दै गीत नै बनाएका छन् स्कटिङले नेता ज्यू टर्नेकहिलेसम्म जनताको ज्यान मर्नेरविकास मन्द मन्द, ए नेता ज्यू विकास मन्द मन्द कहिले बन्छ बाटो यो सिद्धबाबा खण्ड
यो गीतमा सिद्धबाबा सडकखण्डमा यात्रा गर्नेले अनायासै ज्यान गुमाउनुपरेको यथार्थतादेखी बाध्यताले यात्रा गर्नुपरेको कुराहरुलाई उठान गरिएको छ । त्यतिमात्र होइन् सिद्धबाबा सडक नबन्दा पाल्पा, गुल्मी, स्याङजा जिल्लाको विकासमा समेत बाधा पुगिरहेको बताईएको छ ।यो गीतलाई गायक कमल भट्टराई र ममता कोइरालाले गाएका हुन् । शब्दरसंगीत कमलको नै रहेको छ । मनिष पन्तको निर्देशनमा बनेको भिडियो गीतको भावअनुसार बनेको छ । भिडियोमा मोडल कृष्ण बाबु र प्रिया भण्डारी देखिएका छन् । साथमा गायक कमल, ममता, कलाकार विजय बम्डेल लगायतले अभिनय गरेका छन् । भिडियोलाई मनिष पन्तले नै छायाँकन तथा सम्पादन गरेका छन् । भिडियो बुलबुल मिडिया प्रा।लिको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
हेर्नुहोस् भिडियोस्









