वुटवल \ युवा कवि प्रज्वल दीप र युवा गजलकार गणेश खनालको पलेँटीका साथमा सुख्खानगर स्थित चिया चौतारी बुक क्याफेमा साँझ ६ बजेदेखि हुने महफिलको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिएको छ । आम युवा पुस्ताका विभिन्न साहित्यक लेख रचनाहरुले स्टेज तथा मिडिया नपाईरहेको अवस्थामा व्यवसायिक प्रस्तुतिका साथ शितल चौतारी सायिहत्य प्रतिष्ठान नेपालको आयोजना, अनुबन्धन गजल कार्यक्रम र मिलन समाज बुटवलको सहआयोजनामा यो कार्यक्रम हुन गइरहेको हो । साहित्यका विभिन्न विधाको आफ्नै धार र आफ्नै शैली भएता पनि विशेषतः पद्य विधा अन्तरगतका कविता र गजलका साथमा पहिलो श्रृङ्खला अर्थात् पृष्ठ १ को महफिल जोडदार हुने आयोजकले जनाएको छ ।
आगामी पृष्ठ नियमित तथा व्यवसायिक रुपमा अगाडी बढाउने यो एउटा अभ्यास रहने साथै आउँदा पृष्ठमा स्थानीय तथा विभिन्न क्षेत्रका गजलकार, कवि, मुक्तककारलगायतका पलेँटीलाई महेपिल प्रदान गरिने गजल श्रष्टा तथा अनुबन्धनका प्रस्तोता शपन कुमार एञ्जीलले जानकारी दिए । गजल, कविता र मुक्तकले मनका भाव पोख्नेमात्र नभएर मनोरञ्जन तथा सचेतनाको कार्य गर्नेमा शितल चौतारीका गजल श्रष्टा आकाश थापा आफू विश्वस्त रहेको जानकारी दिए । कार्यक्रमका आगन्तुकलाई महफिलको भिडियो रेकर्ड गर्न छुट दिइएको र न्यानो चियापान सगौर प्रदान गरिने आयोजकले जानकारी गराएको छ । रचना वाचन’को महफिलका लागि नागरिक आवाज डटकम रेडियो जागरण ९३।६ मेगाहर्ज, खस्यौली साप्ताहिक द न्यूज रुम भुन्टे टिभी मिडिया पार्टनरको रुपमा रहेका छन् । रचना वाचन को महफिल शुभारम्भको संघारमा रहेको चिया चौतारी बुक क्याफेमा सुख्खानगरमा साँझ ६ बजेदेखि निःशुल्क प्रवेशका साथ हुनेछ ।












