राष्ट्रिय जनमोर्चाको प्रचार अभियान सुरु

प्रकाशित मिति:

डी. आर. बन्जाडे\ बुटवल, साउन ११ \राष्ट्रिय जनमोर्चा रुपन्देहीले संगठनात्मक अवस्था सुदृढ पार्ने भन्दै प्रचार अभियान सुरु गरेको छ ।
जिल्लाका विभिन्न स्थानहरुलाई लक्षित गर्दै राजमोले आजबाट अभियानको सुरुवात गरेको हो । रुपन्देहीको कंचन गाउपालिकाको प्रगति चोकमा आज देखि सुरुभएको अभियान जिल्लाका अन्य स्थानहरुमा समेत संचालन हुनेछ ।
गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताको रक्षा र संघीयताको खारेजीका लागि संचालन गरिएको अभियानले स्थानी स्तरमा संगठनिक आधार तयार गर्ने तथा विचार प्रवाहमा सघाउ पुग्ने राष्ट्रिय जनमोर्चाका रुपन्देही अध्यक्ष बद्रे आलमले बताउनुभयो ।
गाउँगाउँमा संगठन निमार्ण गर्न सघाउ पुगोस् भन्ने हेतुले अभियान संचालनको निर्णय भएको आलमको भनाई छ ।
यसले पछिले समयमा भएको अत्याधिक मुल्यवृद्धि, चरम भ्रष्टाचार, वेरोजगारी समस्या लगाएतका विषयमा जनतालाई सचेत गराउने उहाँको विस्वास छ ।
त्यस्तै भोली रुपन्देहीको तिलात्तमाको डाइभरटोलमा सभाको आयोजना गरेको राजमोले साउन १३ गते भैरहवामा अन्तरक्रिया गर्नेछ । त्यस्तै साउन १४ गते सैनामैनाको मुर्गिया र साउन १५ गते बुटवलको वेलवासमा सभाको आयोजना गरिने राष्ट्रिय जनमोर्चाका रुपन्देही सचिव दिपक पौडेलले जनाकारी दिनुभयो ।
केन्द्रिय कार्यक्रम अनुसार नै स्थानीय तहमा अभियान संचालन भइरहेको पौडेलले बताउनुभयो ।
यस्तै भोली तिलोत्तमामाको डाइभरटोलमा हुने सभालाई सम्वोधन गर्न राष्ट्रिय जनमोर्चाका केन्द्रिय उपाध्यक्ष तथा प्रवत्ता दुर्गा पौडेल आउने पौडेलले जनाकारी दिनुभयो ।
अभियानका क्रममा सभाहरुको आयोजना संगै पर्चा पंपेटिङ लगाएतका कार्य समेत गरिने राजमोले जनाएको छ ।