एजेन्सी, सामान्यतया मानिसहरु आफ्नो घरलाई सफा र सुन्दर राख्नको लागी हरेक प्रयास गर्ने गर्दछन्, तर पनि घरको कुनै न कुनै कुनामा या भित्तामा माकुराले आफ्नो जालो बनाउने गर्दछ ।कहिले काही यस्तो पनि हुन्छ कि घरमा भएको जालोमा हाम्रो ध्यान नै जादैन र देखेपनि वास्ता गर्दैनौ। तर के तपाईलाई थाहा छ वास्तु शास्त्र अनुसार यसलाई अशुभ मानिने गरिन्छ ।घरको सफाई गर्दा तल्लोभाग सफा हुने गर्दछ तर छत, भित्ता भने हरेक दिन सफा गर्न सकिन्न । भनिन्छ घरमा लागेको माकुराको जालो अशुभको निशानी हो । ज्योतिषशास्त्रको अनुसार माकुराको जालोले घरमा नकारात्मक ऊर्जालाई बढाउने गर्छ र यसको साथै यसले रोगहरुलाई पनि निम्त्याउने गर्छ ।
तनावको एक ठुलो कारण माकुराको जालो पनि हुने गर्दछ । ज्योतिषशास्त्रलाई मान्ने हो भने माकुराको जालोले मानवलाई मानसिक रोगी पनि बनाउन सक्छ। भनिन्छ जुन घरमा माकुराको जालो लागेको हुन्छ, त्यस घरमा बस्ने मानिसहरुको दिमाखले सहि तरिकाले काम गर्दैन् ।माकुराको जालो झैँ उनीहरु पनि उल्झनमा परिरहन्छन्। यदि घरमा बच्चा पनि छन् भने यसको असर स्वास्थ्य र उनीहरुको दिमागी विकासमा पर्न सक्छ ।ज्योतिषशास्त्रको अनुसार जुन घरमा माकुराले जालो बनाउन थाल्छ, त्यस घरमा समस्याहरु एकपछि अर्को गर्दै आउन थाल्दछ । भनिन्छ घरको सुख(समृद्धिमा कमी आउन थाल्दछ ।
धार्मिक कारणको अलावा माकुराको जालो घरमा हुनुको पछि वैज्ञानिक कारण पनि रहेको छ। विज्ञानको अनुसार माकुराको एक जालोमा बीमारी फैलाउने असंख्य सूक्ष्मजीव रहने गर्दछ। यसले विभिन्न रोगहरु निम्त्याउने गर्दछ ।












