मेष राशिः व्यापारमा वृद्धि हुनेछ, आर्थिक लाभका साथै मित्र सहयोग प्राप्त हुने देखिन्छ । वृष राशिः धन लाभ हुनेछ, कार्य उन्नतिका साथै व्यापार व्यवसायमा वृद्धि हुने देखिन्छ । मिथुन राशिः अध्ययनमा रुचि जाग्नेछ, पारिवारिक सुख मिल्नुका साथै सुखद् यात्राका योग देखिन्छन् । कर्कट राशिः कार्यमा अवरोध रहनेछ, खर्च बढ्नुका साथै आर्थिक अस्थिरता रहने देखिन्छ । सिंह राशिः मित्रसुख मिल्नेछ, कार्य लाभका साथै आर्थिक उन्नति हुने देखिन्छ । कन्या राशिः सामाजिक कार्यमा मन जानेछ, व्यापारक बढ्नुका साथै मनमा प्रशन्नता रहने देखिन्छ ।तुला राशिः मित्र सुख मिल्नेछ, कार्य लाभका साथै धार्मिक कार्यमा रुचि जाग्नेछ । वृश्चिक राशिः कार्यमा अवरोभ रहनेछ, खर्च बढ्नुका साथै शारीरिक आलश्यता रहने देखिन्छ । धनु राशिः मित्र सुख रहनेछ, कार्य लाभका साथै गणेशजीको उपासना शुभ रहनेछ । मकर राशिः प्रिय लाभ हुनेछ, धन प्राप्तिका साथै पारिवारिक सुख मिल्ने देखिन्छ । कुम्भ राशिः पराक्रम बढ्नेछ, कार्य उन्नतिका साथै जलीय पदार्थबाट लाभ हुने देखिन्छ । मीन राशिः कार्य अवरोध रहनेछ, आर्थिक अस्थिरताका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहने देखिन्छ । उपप्राध्यापक नारायणप्रसाद निरौला ज्योतिषाचार्य, वास्तुविद्












