सरकारले शिक्षा-स्वास्थ्यलाई निःशुल्क गराउनुपर्छ  : सभापति शाह

प्रकाशित मिति:

रुपन्देही \  प्रतिनिधि सभाका सदस्य तथा लेखा समितिका सभापति भरत कुमार शाहले शिक्षा र स्वास्थ्य क्षेत्रलाई सरकारले निःशुल्क गराउनुपर्ने बताउनुभएको छ । शिक्षा क्षेत्रमा निजी बिद्यालयहरुले पुर्याएको योगदानलाइ कदर गर्दै अब सरकारले शिक्षा र स्वास्थ्य जनताको नैसर्गिक अधिकार भएकोले निःशुल्क हुनु पर्ने बताउँनु भएको छ । रुपन्देहीको कञ्चन गाउँपालिका वडा नं. २ लिटिल रोज बोर्डिङ स्कुलको रजत महोत्सवको समापन कार्यक्रममा बोल्दै उँहाले ब्यवसायीक शिक्षामा जोड दिनु पर्ने बताउँनु भयो । राष्ट्रिय सभाका सदस्य दुर्गा प्रसाद उपाध्यायले शिक्षा स्वास्थ्य राज्यको दायित्व हुनु पर्नेमा उल्टै राज्यले सिक्षा क्षेत्रमा योगदान गरेका बिधालयहरुबाट कर लगाएकोमा आपत्ति जनाउँनुभयो । शिक्षा विकासको र मेरुदण्ड भएकोले राज्यले शिक्षा र स्वास्थ्यमा लगानी गर्नु पर्ने बताउनु भएको छ । त्यस्तै नेपाली कांग्रेसका नेता विष्णु पोखरेलले निजी विद्यालयले नाफामा होइन सामाजिक उत्तरदायित्व बहन गर्नको

बिधालयबाट उत्पादन भएका बिधार्थीहरुबाट समाज परिबर्तनको लागि महत्वपुर्ण योगदान दिने बिश्वास गर्दै बिधालयले बिधार्थी संख्या बनाउने प्रतिस्पर्धा भन्दा असल,अनुशासित र ब्यबहारिक नागरिक उत्पादन गर्नमा प्रतिस्पर्धा गर्नु पर्ने आग्रह गर्नु भएकोछ।साथै अबको शिक्षा ब्यहारिक,ब्यबसायिक र प्रबिधियुक्त शिक्षा प्रवाह गर्न सके कुनै पनि बिधार्थी बेरोजगार हुन नपर्ने बताउनु भएकोछ। मन्तब्यको क्रममा देशको शिक्षा क्षेत्रमा निजी बिधालयहरुले पुर्याएको योगदानलाइ कदर गर्दै अब सरकारले शिक्षा र स्वास्थ्य जनताको नैसर्गिक अधिकार भएकोले राज्यले शिक्षा र स्वास्थ्य निशुल्क गरि आफ्नो अभिभाबकत्व बहन गर्नु पर्ने कुरामा जोड दिनु भएकोछ।राष्ट्रिय सभा सदस्य दुर्गा प्रसाद उपाध्यायले शिक्षा स्वास्थ्य राज्यको दायित्व हुनु पर्नेमा उल्टै राज्यले सिक्षा क्षेत्रमा योगदान गरेका बिधालयहरुबाट कर लगाएकोमा आपत्ति जनाउदै शिक्षा राज्यको मेरुदण्ड भएकोले राज्यले शिक्षा र स्वास्थ्यमा लगानी गर्नु पर्ने बताउनु भएको छ।

नेपाली कांग्रेसका नेता बिष्णु पोख्रेलले शिक्षा क्षेत्रमा निजी बिधालयहरुले नाफा कमाउने उद्धेश्यका साथ संचालित भएकोले अब नाफामा होइन सामाजिक उत्तरदायित्व बहन गर्नको लागि सेवाभावले बिधालय संचालन गर्न आग्रह गरेका छन। कार्यक्रममा प्याव्सन रुपन्देहीका बरिष्ठ उपाध्यक्ष अनन्तराम शर्मा,बिधालय ब्यबस्थापन समितिका अध्यक्ष टिकाराम ढकाल,प्रबन्ध निर्देशक यमन भण्डारी ,ओम प्रकाश शर्मा,शहिद नारायण रामापुर बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख यदुलाल पन्त भुपु शिक्षकहरुको तर्फबाट प्रकाश गौतमले समेत शुभकामना स्वागत बाबुराम गौतमले गर्नु भएको थियो भने संचालन घनश्याम कंडेल गरेका थिए।