रुँदा स्वास्थ्यलाई हुन्छ यस्तो फाइदा

प्रकाशित मिति:

मानिसहरु सोच्ने गर्छन् कि रुनु भनेको दुखी हुनु हो । तर रुँदा पनि स्वास्थ्यको लागि धेरै फाइदाहरु पुग्ने गर्छन् । हामीले पहिलेदेखी नै सुन्नेगरेको कुरा हास्दा स्वास्थ्यको लासिग फाइदा पुग्छ । तर हास्दा स्वास्थ्यलाई जति फाइदा पुग्छ त्यति नै फाइदा रुदा पनि पुग्ने गर्दछ ।१ रुँदा आँखाको दृष्टी क्षमतामा सकारात्मक प्रभाव पर्छ । आँखामा आँसु आउँदा नानी चिसो हुन्छ र आँखा सुख्खा रहनु पाउँदैंन र यसो गर्दा दृष्टी क्षमता बढ्छ ।३ जब मानिस दुःखका कारण रुन्छ, त्यतिबेला शरीरमा विषाक्त पदार्थ बन्न थाल्छ । यस्ता विषाक्त पदार्थ आँसुमार्फत् बाहिर निस्कन्छन् ।

४ शरीरमा म्याग्नीज बढी हुँदा उल्झन्, थकाई, रिसजस्ता समस्या आउँछन् । रुनाले शरीरमा म्याग्नीजको स्तर कम हुन्छ, जसबाट मूड राम्रो हुन्छ र मानिसले हल्का महसुस गर्छन् ।५अत्यन्त तनाव महसुस गरिरहेका बेला रुने हो भने तनाव कम भएको महसुस गर्न सकिन्छ । रुँदा शरीरमा एन्डोर्फिन, ल्युकाइन–एन्काफालिन तथा प्रोल्याक्टिन नामक तत्वको स्तर कम हुन्छ, जसबाट तनाव पनि कम हुन्छ ।६ समस्या परेको समयमा दिमाग र मुटको लिंबिक प्रणाली सहज हुन्छ जसले आराम प्रदान गर्छ । रुँदा मन सफा हुन्छ ।७ रोएपछि लगभग ८५ प्रतिशत महिला तथा ७३ प्रतिशत पुरुषको रिस कम हुन्छ ।