मधुमेह के हो बिरामीले के खाने, के नखाने

प्रकाशित मिति:

एजेन्सी /आज भोली मधुमेह सुगरका बिरामीहरु बढ्दै गईरहेको छ । साधरण तया उमेर पुगेका ब्यक्तिहरुमा यो रोगको समस्या हुने गर्दछ भने केही प्रतिशतमा गर्वबती तथा युवाहरमा पनि देखिने गर्दछन् । मधुमेह यस्तो रोग हो जसका कारण मानिसहरुलाई लिवर, कीड्नी, आँखा, ब्रेन स्टोक, हृदय घात लगाएतका समस्या निकाल्ने गर्दछ । जसका कारण मधुमेह जटील बन्दै गएको छ । प्रतेक दिन मानिसहरु यसको शिकार बन्दै गएको छ ।यस बिमार लागेका मानिसको शरिरमा रक्त ग्लुकोजको मात्र बढ्नाले हुने गर्दछ । मानिसको पेटको प्याङ्क्रीयाजले ईन्सुलीन हर्मोन उत्पादन गर्छ हन्छ । सो उत्पादन कम भएका मधुमेह अर्थात चिनीरोग लाग्छ । सो ईन्सुलीन हर्मोन कम उत्पादन भएमा रगतमा चिनिको मात्र बढ्छ जसलाई हामी चिनि रोग भन्छौं ।

मानिसहरुको ब्यस्त जीवनशैलीर खानपानमा ध्यान पुर्याउन नसक्दा मधुमेहका रोगीहरु बढेको पाईन्छ । यस रोग लागी सकेपछि खान हुने र नहुने चिजहरु यस्ता छन् ।के के खान हुने:मधुमेह लागेका बिरामीहरुले कार्बो हाईड्रेडयुक्त खाना आलु अनि भात एक दमै कम खानु पर्दछ । रातो मासु बोसो नभएको खानु पर्दछ । साँगसब्जी तथा फलफुलहरु खानु पर्छ । जस्तै हरीयो सागसब्जी बन्दा, काउलि, काक्रो, भेन्टा, गोलभेडा, गाँजर, मुला, प्याज पर्याप्त मात्रमा खानु पर्छ । ताजा फलफुत तथा साहकारी भोजन लिन उपयुक्त हुन्छ ।

के के खान नहुने:गुलीयो र चिल्लो पदार्थ भएका खानेकुरारु मधुमेहका रोगीले खान हुदैन । मीठाई, चिनीवाला चिया, मह, जुस लगाएतका गुलीयो तथा घ्यु नौनी, तारेको र भुटेको खानेकुरा खान हुदैन । जाड रक्सी जस्ता अल्कोहल युक्त नखाने । चुरोट , बिडी, सुर्ती, तमाखु लगाएतका सुर्तीजन्य पदार्थ खानु हुदैन ।ब्यस्त जिवनका बाबजुत पनि मानिसहरुले आफ्नो स्वास्थ्यको एक दमै ख्याल राख्नु पर्दछ । बिशेष गरि आफ्नो खानपानमा ध्यान दिनु पर्दछ । भने नियमीत स्वास्थ्य परिक्षण गराउनु पर्छ ।