गुल्मी/गुल्मीमा पाँच जिल्लाका सञ्चारकर्मीहरुकका लागि शुसासन र बिकास सम्बन्धी २ दिने तालिम आज तम्घासमा समपन्न भएकोे छ । राष्ट्रिय सञ्चार बिकास केन्द्र र नेपाल पत्रकार महासंघ गुल्मीको संयोजनमा ५ जिल्लाका सञ्चारकर्मीहरुकको लागि गुल्मी सदरमुकाम तम्घासमा शुसासन र विकास सम्बन्धी २ दिने तालिम सपन्न भएको हो । तालिममा गुल्मी, पाल्पा, अर्घाखाँची, कपिलवस्तु, रुपन्देही जिल्लाका बिभिन्न सञ्चार माध्यममा काम गर्ने सञ्चारकर्मीहरुको सहभागिता ्हेको थियो । दुइ दिने तालिमको प्राध्यापक रामकृष्ण रेग्मी, सञ्चार बिज्ञ श्रीरामसिंह बस्नेत, बरिष्ठ पत्रकार बिष्णुप्रसाद शर्मा पराजुली गरेका आज अन्तिम दिन नेपाल पत्रकार महासघं गुल्मीका अध्यक्ष नबराज भुसालले लगाएतले तालिमको सहजिकरण गर्नुभएको हो ।
तालिमको अन्तिम दिन औपचारिक कार्यक्रम बाट कार्यक्रमको समापन गरिएको कार्यक्रमको सभाध्यक्ष नेपाल पत्रकार महासघं गुल्मीका उपाध्यक्ष अनिल खत्रिको रहेको हो कार्यक्रमको सत्रचालन सहभागि सुनिता कडेल गरेकी हुन् । तालिम प्रभाबकारी भएको भन्दै सहभालिले प्रशिक्षक तथा आयोजकलाई बिशेष आभार प्रकट गरेका थिए । शुसासन र विकास बारेमा केन्द्रि रहेको तालिममा सहभागि सबैले प्रमाण पत्र लिएका हुन् ।












