कपिलवस्तुको जीतपुर चारनम्बरमा आजसाँझ भएको बस दुर्घटनामा १४ यात्रुघाइते भएका छन् । जीतपुर चारनम्बर सडकखण्डमा चल्ने ग १ ख २८९१ नम्बरको बस दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।
बस दुर्घटनामा वाणगंगा ९ निवासी निशा थारु, बुद्धभूमि २ कि भावना सेन थापा, बुटवल देवीनगरकी प्रेमकला गौतम, मोहन थारु, वाणगंगा १० का बनस रजिया, चिन्कि थारु, सोही स्थानका रमपतिया थारु, बुटवल देवीनगरकी लक्ष्मी गौतम, सिता गौतम, कपिलवस्तु नगरपालिकाकी बमैली स्तरउती, बुटवल ११ की रिता गौतम, सिमरीकी माया चौधरी रहेका छन । उनीहरु सबैको कपिलवस्तु सामुदायिक अस्पतालमा उपचार भैरहेको छ ।
दुई जना नाम थाहा हुन सकेको छैन ।












