महोत्तरी । विद्युत सर्ट भई आगलागी हुँदा महोत्तरीको भङ्गाहा नगरपालिका–४ रामनगरमा ७ लाखभन्दा बढीको क्षति भएको छ ।भङ्गाहा नगरपालिका–४ रामनगरस्थित बिजुली ठाकुर बडहीको घरमा बुधबार बिहान बिद्युत सट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।आगलागीबाट लत्ताकपडा, धातुका भाँडाकुँडा र गरगहना जलेर नष्ट हुँदा सात लाखभन्दा बढीको नोक्सान भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको हो ।
घटनामा मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।ठाकुरको पक्कीघरको मुख्य राखनधरन गरिने कोठामा बिजुली पङ्खाबाट विद्युत सर्ट भइ आगलागी भएको हो ।आगलागी हुनासाथ सीतापुर प्रहरी चौकीबाट पुगेका प्रहरी र त्यहाँका स्थानीयबासीले आगो निभाएका थिए ।












