बुटवल /स्वास्थ्य निर्देशनालय प्रदेश नं ५को आयोजनामा प्रदेश स्तरीय आयूर्वेद प्रथम चौमासिक समिक्षा गोष्ठी सम्पन्न भएको छ। प्रदेशका १२ जिल्लाका आयूर्वेद चिकित्सक तथा स्वास्थ्यकर्मिको उपस्थितमा गोष्ठी सम्पन्न भएको हो। गोष्ठीको सामाजीक बिकास मन्त्री सुदर्शन बरालले गरे । मन्त्री वरालले आयूर्वेद स्वास्थ्यसेवालाई जनस्तर सम्म लैजानको लागी आयूर्वेदकर्मिबाट अपनत्व हुने गरि सेवा प्रवाह गर्नुपर्ने बताए । उनले अबसरको खोजी र समस्या समाधान तर्फ प्रदेस सरकार अघिबढेको बताउदै प्रदेश र स्थानिय तहबाट बिकासको लागी योजना बद्धतरिकाले गएको वताए । मन्त्री बरालले औषधालयमा औषधीको अभाब भएको कारण बिरामी र्फकने बातबरण नबनाउन आग्रह गरे ।
सामाजीक बिकास मन्त्रालयका सचिब कृष्ण ज्ञाबलीले स्वास्थ्यक्षेत्रमा बजेट अभाब नभएको बताए । आबश्यक पर्ने बजेट मन्त्रालयले उपलब्ध गराउने प्रतिबद्धता जनाए ।समिक्षा गोष्ठीमा बोल्दै आयूर्वेदऔषधालय र जिल्ला आयूर्वेद केन्द्रका चिकित्सकले औषधी भबन सवारी साधन र कर्मचारी अभाब भएको बताएका छन । समिक्षामा बोल्दै वर्दिया आयूर्वेद केन्द्रका प्रमुख डा आलोक कुमार पान्डेले औषधी सबारीसाधन र कर्मचारी अभाब भएको बताए ।त्यस्तै वाके आयूर्वेद केन्द्रका प्रमुख डा अनिल कुमार चौधरीले ओजेटी गर्न आएका बिद्यार्थीका भरमा आयूर्वेदकेन्द्र चलाएको बताए ।औषधी खानेपानी ट्याईलेट सबारीसधन अभाब रहेको वताए । अर्घाखाची आयूर्वेद केन्द्रका प्रमुख डाक्टर अर्जुनराज आर्चायले भने जिल्लामा नमुनाका रुपमा सेवा दिदै आएको बताए ।उनले प्रदेस सरकारले नयाँ खालका कार्यक्रम ल्याउन माग गरे।जिल्लामा स्थानिय सरकार नगरसरकारले आयूर्वेदक्षेत्रलाई राम्रो सहयोग रहेको बताउदै प्रदेश सरकारले जिल्ला जिल्लामा आयूर्वेदको एमडी दरबन्दी राख्नआग्रह गरे।
दाङको रहेको प्रादेशिक आयूर्वेदीक चिकित्सालयका प्रमुख डा राम कामेश्वर ठाकुरले ८ जना विशेषज्ञ चिकित्सको दरबन्दी भएपनि अहिले एकजनामात्र भएको बताए ।अरु मेडिकल अधिकृतको अबस्था पनि उस्तै रहेको डा ठाकुरको भनाई छ। प्रदेश आयूर्वेदीक चिकित्सालयमा भौतीक पुर्वाधार लगायतको समस्या रहेको बताए।गुल्मी जिल्ला आयूर्वेदस्वास्थ्य केन्द्रका प्रमुख डाक्टर ललिता पान्डेले जिल्लामा बजेट अभाब भएको बताईन । जिल्लामा बजेट प्रयाप्त भए औषधी बनाउन सकिने समेत बताईन । कपिलबस्तु आयूर्वेदस्वास्थ्य केन्द्रका प्रमुख डाक्टरअर्चना शुक्लाले औषधी बजेट कर्मचारी अभाब रहेको बताईन ।लुम्बिनी आयूर्वेद चिकित्सालयका प्रमुख डा नलिननाथ तिबारीले दरबन्दी औषधी अभाब भएको बताए । बुटबल नगरपालिकामा औषधी अभाब भएको भन्दै १७ पटक सम्म जादा समेत सुनुबाई नभएको बताए । डा तिबारीले भने प्रदेस सरकारसंगपनि पटक पटक गए अहिले सम्म सुनुबाई भएन । औषधी छैन बिरामीलाई के दिने उनले भने। जिल्ला आयूर्वेद स्वास्थ्य केन्द्र पाल्पाका बरिष्ठ कबिराज माधब प्रसाद बस्यालले चिकित्सको अभाब भएको बताउदै ल्याब संञ्चालनको आबश्यकता भएको बताए । जिल्ला आयूर्वेद स्वास्थ्यकेन्द्र प्युठानका निमित्व प्रमुख छबिलाल खडकालेपनि चिकित्सक अभाब रहेको केन्द्रसेन्टरमा नभएको कारण बिरामीलाई समस्या भएको जस्ता समस्या गोष्ठीमा राखेका थिए। गोष्ठीमा समाजीक बिकास मन्त्रालय स्वास्थ्यमहाशाखा प्रमुख डा उमाशंकर प्रसाद चौधरी समाजीक बिकास मन्त्रालय स्वास्थ्यमहाशाखा आयूर्वेद अधिकृत गणेश भट्राई, स्वास्थ्यनिर्देशनालय स्वास्थ्य शिक्षा बरिष्ठ अधिकृत भुबन कुबर लगायतले बोलेका थिए । प्रथम चौमासीक गोष्ठीमा उठेका प्रश्नको जवाफ दिदै स्वास्थ्य निर्देशनालय प्रदेश ५का प्रमुख दिनेश चापागाईले प्रदेशमा रहेका स्वास्थ्य केन्द्र चिकित्सालयलाई आगामी बर्षदेखी बजेट समन्धीत कार्यलयलाई पठाउने तरिकाले बजेट बनाउने बताएका छन ।औषधीको बारेमा स्वास्थ्यनिर्देशनालयले ४७ लाखको औषधी खरिद प्रकृर्यालाई अघिबढाएको र केहि दिनमा औषधी केन्द्र केन्द्रमा जाने बताएका छन । निर्देशक चापागाईले नयाँ कार्यक्रम केगर्न सकिन्छ भन्नेबारे प्रदेश स्वास्थ्य निर्देशनालय लागेको बताए