अनामनगरमा शंकास्पद वस्तु भेटियो

प्रकाशित मिति:

काठमाडौं । काठमाडौंको अनामनगरमा शंकास्पद वस्तु भेटिएको छ । कालो झोलामा राखिएको अवस्थामा शंकास्पद वस्तु भेटिएको हो ।महानगरीय प्रहरी वृत्त, सिंहदरबारका प्रमुख नायब उपरीक्षक ९डीएसपी काजी आचार्यले शंकास्पद वस्तु भेटिएको पुष्टि गरे ।अनामनगरबाट घट्टेकुलोतर्फ जाने बाटोमा शंकास्पद वस्तु भेटिएको सूचना आएको छ’, उनले अनलाइनखबरसँग भने, ‘हामीले नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेका छौं ।’

सेनाको टोली हाल घटनास्थलमा पुगिसकेको छैन ।नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले नेपाल बन्दको घोषणा गरेको दिनको पूर्वसन्ध्यामा शंकास्पद वस्तु भेटिएको छ ।