हेटौँडाका ४१ हजार कुखुरा मारिँदै

प्रकाशित मिति:

मकवानपुर – हेटौंडा उपमहानगरपालिका वडा नम्बर(७, नागस्वतीमा पालिएका कुखुरामा बर्ड फ्लू भएको पुष्टि भएपछ ि४१ हजार कुखुरा नष्ट गरिने भएको छ ।यस क्षेत्रका विभिन्न कुखुरा फर्ममा पालिएका कुखुरा नष्ट गर्ने निर्णय गरिएको हो ।

नागस्वतीका किसान कुलप्रसाद चौलागाईको बर्ड फ्लू लागेको खोरको केन्द्रलाई आधार मानेर चारैतिर पूर्वमा हेटौंडा ६ र ७ को सीमाना, पश्चिममा बवदेवी मन्दिर जाने बाटो, उत्तरमा वनदेवी दुग्ध उत्पादक सहकारी संस्था, दक्षिणमा अदाक्ष मन्दिरको उत्तरी सीमाना भित्रमा पर्ने ४१ हजार कुखुरा नष्ट गर्न लागिएको हो ।शुक्रबार प्रशासनमा भएको सर्वपक्षीय बैठकले यस क्षेत्रमा पर्ने कुखुराहरु नष्ट गर्नका लागि निर्णय गरेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताउनुभयो ।

शुक्रबार बसेको बैठकले यस वडामा रहेको ४८ फर्म मध्ये २८ वटा फर्ममा मात्रै कुखुरा बाँकी रहेको र त्यस फर्मको कुखुरा नष्ट गरिने निर्णय गरेको छ । तर क्षतिपूर्ति कति दिने भन्ने विषयमा भने शनिबार बिहान मात्र निर्णय गरिने प्रजिअ तामाङले बताउनुभएको छ ।यही फागुन १३ गतेबाट लगातार रुपमा नागस्वती क्षेत्रका कुखुराहरु खोरै रित्तिने गरी मर्दै आएका थिए । कुखुरामा बर्ड फ्लू रोग निम्तिएसँगै यस क्षेत्रका कुखुरा, अण्डा, सुलीलगायतका बस्तु बिक्री वितरण गर्नका लागि मकवानपुर प्रशासनले रोक लगाएको थियो ।