मल्टी च्याप्टर लोम अफिसर तालिम सम्पन्न

प्रकाशित मिति:

पर्वत \ जेसीजको आयोजनामा २०७५ चैत्र २ गते शनिवारका दिन बाग्लुङ जेसीज, म्याग्दी जेसीज र पर्वत जेसीजको संयुक्त लोम अफिसर तालिम कुश्मामा सम्पन्न भएको छ ।  कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीको प्रमुख आतिथ्यता, नेपाल जेसीजका पुर्व राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर धनन्जयकुमार श्रेष्ठको विशिष्ठ आतिथ्यतामा सम्पन्न उक्त तालिमको सहजीकरण नेपाल जेसीजका पुर्व राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर धनन्जयकुमार श्रेष्ठ, पर्वत जेसीजका पुर्व अध्यक्ष जेसी वसन्तकुमार कर्माचार्य र नेपाल जेसीजका पुर्व कानुनी सल्लाहकार जेसी सुदिप राजभण्डारीले गर्नुभएको थियो । बाग्लुङ जेसीजका अध्यक्ष जेसी एन्जिल शाक्य र म्याग्दी जेसीजका अध्यक्ष जेसी खम थापा मगरले तालिम सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो ।

पर्वत जेसीजका अध्यक्ष जेसी मोहन आचार्यको अध्यक्षता, महासचिव जेसी रामु शर्माको सञ्चालन, कार्यक्रम संयोजक जेसी सुरेन्द्र पौडेलको स्वागतमा सम्पन्न उक्त तालिममा ६५ जनाको सहभागिता रहेको थियो । सो कार्यक्रममा भर्खरै सम्पन्न प्याब्सन नेपालको महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित हुनु भएकोमा पर्वत जेसीजका पुर्व अध्यक्ष वसन्तकुमार कर्माचार्यलाई सम्मान समेत गरिएको थियो । उक्त तालिममा पर्वत जेसीजका अध्यक्षीय सल्लाहकार जेसी विनोद आचार्य र जेसी उषा चापागाई एबं म्याग्दी जेसीजका कोषाध्यक्ष जेसी अर्जुन पौडेलले जेसीजबाट अन्यत्र तालिममा सहभागिता हुदाँको अनुभव सुनाउनु भएको थियो । सो तालिममा सक्रिय सहभागिका रूपमा म्याग्दी जेसीजका जेसी अर्जुन पौडेल र बाग्लुङ जेसीजका जेसी साधना पन्तलाई मायाको चिनो प्रदान गरिएको थियो भने सहभागिता तर्फबाट म्याग्दी जेसीजका जेसी सन्दीप खत्री र बाग्लुङ जेसीजका जेसी साधना पन्तले तालिमको उपलब्धी बारे धारणा राख्नुभएको थियो । सो तालिम समापन पश्चात पारस्परिक सम्बन्ध प्रगाढ बनाउनका लागि फेलोसिप कार्यक्रम सञ्चालन गरिएको थियो ।