होलीमा कसैले जबरजस्ती गरेमा सिधै सम्पर्क गर्नुस् १०० मा, तत्काल हिरासतमा लिनेछ प्रहरीले !
बुटवल – प्रहरीले बुधबारको होली पर्वलाई लक्षित गर्दे विशेष सुरक्षा योजना लागु गरेको छ । प्रहरीले कसैले इक्ष्छा बिपरित रङ दलेमा या लोला हानेमा कारबाही गर्ने गरी सुरक्षा योजना लागु गरेको हो । काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्तकुमार लामाले कसैले जबरजस्ती गरे प्रहरी कन्ट्रोल रूम १०० मा फोन गर्न आग्रह गरे ।
सर्वसाधारणले फोन गरेर सहयोग गर्न समेत उनको आग्रह छ । कसैले अभद्र तरिकाले होली खेलिएको पाइए तत्काल पक्राउ गरेर हिरासतमा लिइने उनको भनाई छ । परिसरका अनुसार बुधबार १७ सय ११ जना प्रहरी फिल्डमा खटिनेछन् भने मोबाईल गस्तीलाई पनि बढाइनेछ । सुरूमा सम्झाउने र सम्झाउँदा पनि अटेर गर्दै अभद्र व्यवहार गरेमा सार्बजनिक मुद्धा अन्तरगत कारबाही गरिने प्रहरीको भनाई छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंका अनुसार हालसम्म यस वर्षको होलीमा सार्वजनिक कार्यक्रम आयोजना लागि २७ वटा समूहले अनुमति लिएका छन् ।












