होलीमा इच्छाविपरीत रङ्ग दल्ने र लोला हान्नेलाई कार्वाही गरिने

प्रकाशित मिति:

सन्तोष महतरा गुल्मी होलीको नाममा इच्छाविपरीत कसैलाई रङ्ग दल्ने र लोला हान्नेलाई कार्वाही गरिने जिल्ला प्रहरी कार्यालय गुल्मी ले जनाएको छ । बाटोमा हिड्दा कोहिकसैले इच्छाविपरीत रङ्ग दल्ने र लोला हानेमा १०० मा फोन गर्न जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी रविन्द्र खड्काले वताएका छन् ।

होली भन्दै फोहोर पानी,शरिरलाई असर गर्ने रङ्ग,अण्डा तथा लोला को प्रयोग नगरी सामान्य रुपमा होली मनाउन जिल्ला प्रहरी कार्यालय गुल्मीले अनुरोध गरेको छ ।