यस्ता छन् सन ग्लासका फाइदा

प्रकाशित मिति:

एजेन्सी जाडोको तुलनामा गर्मीमा पराबैजनी किरण तीन गुणा बढी हुन्छन् । यसैले गर्मी सुरु हुनेबित्तिकै सनग्लासको आवश्यकता महसुस हुन्छ । चर्को घाममा हुने अल्ट्राभायोलेट किरणले आँखामा असर पु¥याउँछ । विना सनग्लास घाममा निस्कँदा आँखा पोल्ने, आँशु आउने, रिङगटा लाग्नेजस्ता समस्या हुन्छन् । त्यसैले गर्मीमा गगल्स फेसन मात्र होइन, आँखाको स्वास्थ्यको दृष्टिले पनि महत्वपूर्ण मानिन्छ ।

रेटिनालाई बचाउँछ  बेसल सेल कार्सिनोमा हुनबाट रोक्छ । कन्जेक्टिभालाई सुरक्षित राख्छ । मोतियाविन्दुको जोखिमबाट बचाउँछ । सनग्लास किन्दा विशेषगरी दुई कुरामा ध्यान दिनुहोला । एउटा चश्माको साइज र अर्को गुणस्तर । अर्थात् चश्मा परावैजनी किरणबाट सुरक्षा दिने खालको हुनुपर्छ ।