होली: आज र भोलि

प्रकाशित मिति:

अर्जुन ज्ञवाली

होली
पहाडमा आज
तराईमा भोलि
बोकि हिड्छ्न सबै
रंगको झोली
फरक रङ्ग
फरक ढङ्ग
फरक मान्छे भेष
रङ्गले रङ्गिएर
भाछ्न सबै बेस
असत्यमा सत्य जाओस
खराब भैजाओस नास
एकबारको जुनी हो
रमाऔ सबै खुलेर
तिक्तता र मनमुटाव
सदाका लागि भुलेर
मुखमा रामराम
बगलीमा
होइन राख्ने छुरा
झुट र बेइमानीका
नगर्नु है कुरा
हाम्रा आफ्ना
सपनाहरु
मिलेर गर्नुपर्छ पुरा
मनमन मिलाएर
उठ्नुपर्छ सब
सन्सारलाइ बद्ल्न
जुटौ सबै अब
फरक सोच
फरक बाटो
फरक हुन्छ पाइला
मन मिले सबैलाई
हुन्छ धेरै काइदा
सेतो कालो हरियो
रातो पहेलो रङ्ग
लगौउदा हुन्छ
सबको मन उमंग
होलिको रङ्गले पार्छ
हामी सबैलाइ दङ्ग
सधैभरी हुन्छ हजुर
यो मन फुरुङ्ग
प्रलादको सत्य जस्तै
अटल रहोस सम्बन्ध
होलिका जस्तै भस्म होस
खराव मनका आतंक
सधैभरी रहिरहोस
उर्जा उमङ्ग अलिकती
मनपेट सत्य रहोस
खुसियाली जोस
जिन्दगीको यात्रामा
धेरै गर्नु होस !!