ट्रकले ठक्कर दिँदा प्रहरी जवान श्रेष्ठको मृत्यु

प्रकाशित मिति:

मोेटरसाइकल दुर्घटनामा परि अर्घाखाँची सितगंगा–३ ठाडा बजारटोलाका ३२ वर्षीय नन्दकुमार श्रेष्ठको मंगलबार राती मृत्यु भएको छ ।पृथ्वी राजमार्गबाट दमौलीतर्फ आउँदै गरेको ना४७प ५५१४ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको बा४ख ७१० नम्बरको कन्टेनर मिनीट्रकले तनहुँ जिल्लाको सुक्लागण्डकी नगरपालिका–२ हलेदीमा ठक्कर दिएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका अर्घाखाँची सितगंगा–३ स्थायी घर भई ४ नम्बर प्रदेश कार्यालयमा कार्यरत प्रहरी जवान श्रेष्ठको बिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारामा उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको तनहुँ प्रहरीले जनाएको छ ।

ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने श्रेष्ठको शवलाई जिल्ला अस्पताल तनहुँमा पोस्टमार्टमपछि आफन्तको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।मृतक श्रेष्ठ सितगंगा–३ निवासी रामकृष्ण श्रेष्ठको कान्छी श्रीमती बालकुमारी श्रेष्ठका एक्ला छोरा हुन् भने उनको एक श्रीमती र ६ वर्षीया एक छोरी छन् ।