मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

प्रकाशित मिति:

काठमाण्डौ – काठमाण्डौको कपनमा मोटरसाइकल दुर्घटना हुँदा सिन्धुपाल्चोकका विमल रोक्काको ज्यान गएको छ ।बुधबार बेलुकी कपनको सरस्वतीनगरमा बा ३८ प ३७९९ नम्बरको मोटरसाइकल सडक किनारमा रहेको टेलिकमको बक्समा ठोक्एिर घाइते भएका थिए ।

सिन्धुपाल्चोक घर भई कपन बस्दै आएका २६ वर्षका रोक्काको बिहीबार बिहान ज्यान गएको प्रहरीले जनाएको छ ।मोटरसाइकल पछाडी सवार कपनका जीवन खत्रीको काठमाण्डौको ओम अस्पतालमा उपचार भैरहेको छ ।