बालिकालाई यौन दुर्व्यबहार गर्ने युवक पक्राउ

प्रकाशित मिति:

जनकपुरधाम -४ वर्षीया बालिकासँग यौन दुर्व्यवहार गरेको आरोपमा सप्तरीमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।सप्तकोशी नगरपालिका १ का ३८ वर्षीय दीपक भुजेल पक्राउ परेका प्रदेश २ प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।

भुजेलले सप्तकोशी नगरपालिका २ कि ४ बर्षीया बालिकालाई यौन दुर्व्यबहार गरेको स्थानीयलाई उधृत गर्दै प्रहरीले जनाएको छ । बालिकाको स्थानीय क्लिनिकमा उपचार गरिएको छ