एजेन्सी -पूजा, पाठ , ध्यान, जप, मन्त्र उच्चारण, प्राथना आदि इत्यादि आत्म शान्त पार्ने माध्यम हुन् । धर्म पिच्छे आ आफ्नै चलन र तरिका छन् भगवानलाई प्रसन्न पार्ने । कुनै धर्मले प्रार्थनालाई मुख्य जोड दिएका छ भने कुनै धर्ममा पशुपंक्षीको बलिलाई जोड दिएका छन् ।
त्यसो त भगवानका भक्तहरु आफ्नो धर्म अनुसार आफ्नो भगवानलाई प्रसन्न पार्न बिभिन्न खालका धार्मिक कामहरु गर्छन ।हिन्दु समुदायमा बिभिन्न देवी देवताको पूजा आज्ञा गर्ने बिभिन्न बिधि बिधान रहेका छन् । प्राचिन धर्मशास्त्रहरुमा देवी देवताको पूजा गर्ने बिभिन्न तरिकाहरु उल्लेख छन् । पूजा गर्ने बेलामा यी कुराहरुको ध्यान दिन सके भगवान प्रशनन हुने मान्यता रही आएको छ जसले तपाईको मनोकामना पूरा हुनेछ । धर्मशास्त्रमा उल्लेख भए अनुसार पूजा गर्दा यी ७ कुरा ख्याल गर्न सके भगवान प्रसन्न हुने छन् ।
१ हिन्दु धर्ममा पांच देवता सूर्य, गणेश, शक्ति, शिव तथा विष्णु बिशेष महत्व मानिन्छ । यी भगवानको दैनिक पूजा(आराधना गरे हरेकको इच्छा पुरा हुनेछ ।
२भगवान बिष्णु र उनको अबतारलाई तुलसी चढाउँन जरुरी छ ।
३ गणेश तथा देवीलाई दुबो चढाउनु राम्रो हुन्छ
४ पूजापछि परिक्रमा गर्दा गणेश तथा शिवका ३, विष्णुका ४ तथा भगवान सूर्य देबका ७ परिक्रमा आवश्यक हुन्छ ।
५भगवान अनुसार भोग दिने चलन छ तर आफ्नो सामर्थ्य अनुसार भोग दिन सकिन्छ, चिनीको २ दाना मात्र चढाए पनि भगवानले ग्रहण गर्छन ।
६भगवान शिवलाई शंखका साथ जल चढाउँन जरुरी छ ।
७ भगवानलाई सधै दिप बालेको राम्रो ।
यी लगायत हाम्रो समाजमा ‘भगवान हेरी पुजा गर्ने’ भन्ने चलन नै छ । त्यसैले कुन देवता कस्तो हो त्यो थाहा भएर नियमित पूजापाठ गर्न सके भगवान प्रसन्न हुने शास्त्रहरुमा उल्लेख छ ।












